काठमाडौं । सरकारले आकस्मिक रुपमा संघीय संसद्का दुवै सदनको चालु वर्षे अधिवेशन अन्त्य गरेकोप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गरिनुलाई दुःखद् भनेको छ ।
काँग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेर संसदको अधिवेशन अन्त्य गरेको छ । यो दुःखद् छ हो ।’
असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री केपी ओली राजीनामा दिन माग्दै आएका छन् ।
त्यही अनुसार दुबै पक्षमा आफ्नो आन्तरिक रणनीतिमा जुटेपछि प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेको उनको बुझाइ छ ।
संसद अधिवेशनबारे सरकार पक्षले आफूहरुलाई कुनै जानकारी नदिएको उनले बताए ।
रिजालले भने, ‘यस विषयमा थप हामीलाई जानकारी छैन । हामीसँग छलफल पनि भएको होइन । विस्तृत जानकारी बेगर यसमा थप टिप्पणी गर्नु उपयुक्त हुँदैन । थप जाकारी पाएपछि विस्तृत रुपमा टिप्पणी गर्छु ।’
यस्तै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँणले पनि संसद अधिवेशनको अन्त्यको सिफारिस गर्दा आफूहरुलाई सामान्य जानकारीसम्म नआएको बताए ।
पार्टीको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भाग्न खोजेको भन्दै उनले आपत्ति जनाए ।
यस्तै विपक्षी दल जनता समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महताले यसलाई अधिकारको दुरुपयोग भनेका छन् ।
उनले भने, ‘यो अधिकारको दुरुपयोग हो । जनताको आवाज उठाउने मुलुकको सर्वोच्च संस्था स्थगन गरेर जनताको आवाज बन्द गर्न खोजिएको हो ।’
सरकार निरंकुशतातर्फ गइरहेको महतोको बुझाइ छ । उनले भने, ‘संसदको समाना गर्न नसकेर प्रधानमन्त्रीमा संसद अधिवेशन अन्त्य गराउनु भयो । अब जे गरे पनि भैगो । कानुनका लागि अध्यादेश ल्याउन पाइउने भयो । यो निरंकुशतातर्पmको बाटो हो । जनताको आवाज दबाउने र जे मन लाग्यो त्यही गर्नु खोज्ने कुरा स्वीकार्य हुँदैन ।’
निरंकुश शासकसँग लोकतन्त्र र नियम कानुनको आशा गर्नु बेकार भएको उनले बताए ।
संसद अधिवेशन गरेपनि सरकार नजोगिने महतोको जिकिर छ । उनले भने, ‘संसद अधिवेशन अन्त्य गरेर सरकार जोगिँदैन । किनभने संसदको अधिवेशन बोलाउने अधिकार संसदलाई हुन्छ । साथै जनताको आवाज दबाउन अधिकारको दुरुपयोग गर्ने काम भएको छ ।’
जस्तोसुकै निरंकुश शासकलाई जनताले फालेको भन्दै यस्तो निरंकुश शासन नचल्ने महतोले बताए । काँग्रेस सांसद गगन थापाले संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य गरिनुलाई विनासकाले विपरित वुद्धिको संज्ञा दिए ।
उनले भने, ‘संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड(१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन। पार्टीभित्रको किचलोको अचानोमा संसद ?’ संसदलाई छलेर अब कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नगर्न पनि आग्रह गरे ।-रातोपाटी
Anafranil Pills cialis online no prescription
zithromax allergies
Come Si Acquista Viagra In Farmacia
buy hydroxychloroquine 200 mg
hydroxychloroquine buy online amazon
Next Day Express Delivery For Viagra
Propecia Length Of Prescription
Cephalexin And Drugs To Treat Mrsa
tadalista vs cialis
gabapentin max dose
propecia prescription
z pack azithromycin
compare lavitra cialis
Acquistare Kamagra Generic