प्रधानमन्त्री ओलीको समर्थनमा राजधानीको सडकमा निस्किए युवा

(फोटोफिचरसुवास श्रेष्ठ,काठमाडौं । पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला केही युवाहरुले बिहीबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालेका छन् । युवाहरुले प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा जुलुस निकालेका हुन् ।

राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् । उनीहरुले ओलीले भारतले मिचेको लिप्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै सपोर्ट पीएम केपी ओली ह्यासट्याग समेत प्रयाग गरेका थिए ।

पार्टीभित्र ओलीले भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्दै अभिव्यक्ति दिएपछि विवाद बढेर उनले राजीनामा दिनुपर्ने दबाब बढिरहेको बेला ओलीको समर्थनमा जुलुस प्रदर्शन भएको हो ।-रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.