मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

शीतल निवासले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो नियमित भएको जनायो ।

आजै मध्यान्ह १२ बजेपछिका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजको बैठकले चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बुझिएको छ ।

त्यस्तै केही विधेयकहरुका बारेमा समेत छलफल हुन लागेको स्रोतले बताएको छ । गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.