
एजेन्सी – केही समयअघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भयो। उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनको निधनले बलिउड अझै शोकमा डुबिरहेको छ ।
भारतिय मिडियाका अनुसार निधनपछि पनि उनी अब एक भारतीय टेलिभिजनमा देखिने भएका छन्। उनको लोकप्रिय टिभी शो ‘पवित्र रिश्ता‘ फेरी दर्शकलाई देखाइने भएको छ।
भारतिय मिडिया दैनिक भास्करका अनुसार ‘जी अनमोल च्यानल’ले उनलाई श्रद्धांजलि दिँदै उक्त शो फेरि प्रसारण गर्ने जनाएको हो । उक्त टिभी शोमा उनी मानव देशमुखको भूमिकामा थिए ।