भक्तपुरको क्या’न्सर अस्पतालमा कार्यरत महिलामा कोरोना पुष्टि

रामगोपाल तमखु/भक्तपुर, १६ असार । भक्तपुरमा आज पनि एक जना महिलामा कोराना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

भक्तपुर क्यान्सर अस्पताल दूधपाटीमा कार्यरत एक महिलामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनु भयो ।

उनी स्थायी घर काभ्रे भई चाँगुनारायण नगरपालिका वडा न.२ दुवाकोट डेरा गरी बस्ने ३५ बर्षीय डे केयर युनिटमा काम गर्ने महिला रहेको पनि प्रमुख मिजारले बताउनु भयो ।

भक्तपुर क्यान्सर अस्पतालमा गत शुक्रवार उपचारका लागि आएकी १२ वर्षीय बालिकामा कोरोना भाइरस संक्रमण पाइएपछि अस्पतालका ३० जना कर्मचारीलाई क्वारेन्टइनमा राखिएको थियो ।

उनीहरुको सोही दिन स्वाब संकलन गरी परीक्षणको लागि पठाएकोमा आज ति महिलामा कोरोना भाईरस संक्रमण पुष्टि भएको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले बताउनु भयो ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.