मुकुण्डो लगाएर आएको एक समूहद्वारा वडा अध्यक्षमाथि कु’टपिट, त्यसपछि कालोमोसो दल्ने प्रयास

सुरेश श्रेष्ठ, दाङ, १६ असार । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि एक समूहले कु’टपिट गरेको छ ।

वडा कार्यालयको आफ्नै कार्यकक्षमा बसिरहेका वडा अध्यक्ष डाँगीलाई मंगलबार करिब साढे ११ बजे मुकुण्डो लगाएकार आएको एक समूहले कु’टपिट गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार चार–पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । उनीहरुले वडाध्यक्ष डाँगीलाई कु’टपिट गर्नुका साथै कालोमोसो दल्ने प्रयास समेत गरेका खड्काको भनाइ छ ।

घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आ’क्रमण गरेको हो ? भन्नेबारे खुल्न नसकेको र आ’क्रमण गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।-न्यूज२४

8 Comments

12 Trackbacks / Pingbacks

  1. plaquenil cost canada
  2. paypal cialis online
  3. how much is viagra without insurance
  4. zithromax 250 mg
  5. can you buy zithromax over the counter
  6. plaquenil 200 mg online
  7. online buy cialis
  8. ivermectin pills human
  9. ivermectin 3mg pill
  10. errection problems
  11. viagra without doctor prescription amazon
  12. errection problem cure

Leave a Reply

Your email address will not be published.