छा उपडीप्रथावि रुद्ध पहिलोपटक का नुनी का रबाही, छा उगोठमा नि धनपछि जेठाजु प क्राउ

काठमाडौं, मंसिर २० । छाउगोठमा ज्यान गुमाएकी अछामकी पार्वती बुढा रावतका जेठाजु छत्र रावत पक्राउ परेका छन्।

साँफेबगर ३ सिद्धेश्वर डिक्रेनीकी पार्वतीको आइतबार राति मृत्यु भएको थियो।

छाउपडी प्रथालाई कानुनी रूपमै अपराध मानेपछि प्रहरीले पहिलोपटक कानुनी प्रक्रियाको सुरुआत गरेको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा गीता कुँवरले लेखेकी हुन्।

यसलार्य यसअघि नैतिक अपराध मानिन्थ्यो।

छत्रलाई अनुसन्धानका लागि बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीले बताए। ‘मृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारे/नपारेका विषयमा अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘बाध्य पारेको भए त्यहीअनुसार कारबाही हुनेछ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.