काठमाडौँको दानापानी बन्द गरिदिने ध,म्की दिने महतो बने काठमाडौँको सम्धी

काठमाडौँ । राजपा नेता राजेन्द्र महतोले काठमाडौँसँग पारिवारिक नाता गाँसेका छन् । उनको छोराको बिहे काठमाडौँको रैथाने नेवार समूदायसँग भएको हो ।

बिहेमा सहभागी भएका संघीय समाजवादी पार्टीका नेता संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बिहे अर्थपूर्ण भएको टिप्पणी गरेका छन् ।


‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौँकी सुश्री पलिशा तुलाधरका साथ सुसम्पन्न । शुभविवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौँ डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग महतोको छोरा राघवेन्द्र महतोको बिहीबार बिहे भएको हो । काठमाडौंको एक होटलमा मैथिली परम्परा अनुसार भएको बिहेलाई सामाजिक परिवर्तनको क्षेत्रमा महतोले लिएको यो ठूलो कदम मानिएको छ ।
महतोले भारतको अघोषित ना का ब न्दीको बेला नेपाल–भारत सीमा नाकामा बसेर काठमाडौँको दानापानी बन्द गरिदिने ध म्की दिएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.