नयॉं दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘मन की बात’ कार्यक्रममाफर्त देशलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनले १५ जुनमा गलवानमा भारत र चीनका सैनिकबीच भएको हिंसक झडपको बारेमा बोल्दै लद्दाखमा भारतको भूमिमाथि आँखा उठाएर हेर्नेले कडा जवाफ पाएको बताए । उनले आफूहरुलाई मित्रता निभाउन र आँखामा आँखा जुधाएर जवाफ दिन पनि आउने जिकिर गरे । कार्यक्रममा मोदीले सैनिकको शहादत, कोरोना, आत्मनिर्भर भारत, किसान, लकडाउन र मनसुनको चुनौतिको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै मोदीले भने, ‘भारतका वीर सैनिकले आफ्नो देशको सम्मानमा आँच आउन नदिने कुराको प्रमाण दिएका छन् । हाम्रा सैनिकले देखाइदिएका छन् । आफ्ना वीर सपूतको बलिदानमा उनीहरुको परिवारको जुन जोश छ त्यो नै हाम्रो शक्ति हो । भारतले दोस्ती निभाउन राम्रोसँग जानेको छ र आँखामा आँखा जुधाएर उचित जवाफ दिन पनि जान्दछ । हाम्रा वीर सैनिकले देखाइदिएका छन् कि उनीहरुले जुनसुकै समयमा आमा भारतीको गौरवमा आँच आउन दिने छैनन् ।’
मोदीले भने, ‘विभिन्न प्रकारको संकट बीच छिमेकी देशको तर्फबाट जे भइरहेको छ त्योसँग पनि देश जुधिरहेको छ । भारतले नयाँ उडान भर्नेछ । मलाई यो देशका जनताप्रति विश्वास छ । भारतले जुन मुश्किल समयमा संसारको मद्दत गरे त्यसले भारतको भूमिकालाई स्विकार गरेको छ ।’
मोदीले भने, ‘लद्दाखमा हाम्रा जुन वीर जवान शहीद भएका छन्, उनीहरुको शौर्यलाई पूरा देशले नमन गरिरहेको छ, श्रद्धाञ्जली दिइरहेको छ । पूरा देश उनीहरुप्रति कृतज्ञ छन् । उनीहरु समक्ष नतमस्तक छन् । हरेक भारतीयलाई उनीहरु गुमाउँदा पीडा भइरहेको छ । आफ्ना वीर सपूतको बलिदानमा उनीहरुको परिवारलाई जुन गर्वको भावना छ, देशका लागि जुन जोश छ– यहि त देशको शक्ति हो ।’
मोदीले एलएसीमा चिनियाँ सेनासँग भएको हिंस्रक झडपमा मारिएका २० सैनिकको विषयमा भने, ‘जसका छोरा शहीद भएका छन्, ती आमाबुवालले आफ्नो अर्को छोरा, घरका अन्य बच्चालाई पनि सेनामा पठाउने बताइरहेका छन् । बिहारमा बस्ने शहीद कुन्दन कुमारका बुवाको शब्द त कानमा गुञ्जिरहेको छ । उनले आफ्ना नातीलाई पनि देशको रक्षाका लागि सेनामा पठाउने बताएका थिए । यही हौसला देशको हरेक शहीद परिवारको छ । वास्तवमा यी परिवारको त्याग पुजनीय छ ।’
tadalafil online – buy tadalafil online cheap generic tadalafil
does propecia cause high cholesterol – finasteride for hair propecia results reddit
tadalafil 10 mg – http://xtadalafilp.com/ sildenafil vs tadalafil
Rzdehl – virviaga.com sildenafil buy