‘भाइरस रिमुभिङ कार्ड स्वास्थ्यका लागि हा’निकारक’

काठमाडौं, १४ असार । सरकारले कुनै माला वा वस्तु शरीरमा लगाउँदा कोरोनाले छुँदैन भन्ने हल्लाको पछि नलाग्न अपील गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोना भगाउने भाइरस रिमुभिङ कार्ड बनेको र केही चर्चित व्यक्तिले यो कार्ड लगाएको पाइएको भन्दै त्यसो नगर्न अपील गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यो कार्डमा प्रयोग गरिएका रसायनले मुटु, फोक्सो र कलेजोमा गम्भीर समस्या निम्त्याउँने भन्दै हल्लाको पछि नलाग्न अनुरोध गरेका हुन् । कोरोना रोकथाम तथा नियन्त्रणको लागि कुनै पनि औषधि वा उपकरण नबनेकाले हल्लाका पछाडि नलाग्न उनले सबैलाई अनुरोध गरेका हुन् ।

अप्ठ्यारो बेलामा व्यक्ति वा विभिन्न समूहले निहित स्वार्थका कारण भ्रम छर्ने काम गर्ने भएकाले सचेत हुन पनि उनले अनुरोध गरे। कोरोनाविरुद्ध कुनै औषधि र उपकरण बने मन्त्रालय आफैले यसबारेमा जानकारी गराउने गौतमको भनाइ छ ।

यस्तै कोरोना रोक्नको लागि भन्दै कार्ड बनाउने, विदेशबाट ल्याउने वा व्यापार गर्नको लागि बजारमा उपलब्ध गराउने स्वीकृती नदिएकाले सचेत हुन पनि मन्त्रालयले आग्रह गरेको छ। यस्तो कार्ड बनाएर बिक्री गर्नेलाई कानुनी कारबाही हुने प्रवक्ता गौतमले जानकारी दिए । याे खबर अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

12 Comments

Leave a Reply

Your email address will not be published.