भारत्तोलनमा सञ्जु चौधरीलाई स्वर्ण, पदक तालिकामा को–कहाँ

काठमाडौं, २० मंसिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ३६ स्वर्ण जितेको छ । सागको पाँचौं दिन नेपालले आठ स्वर्ण जितेपनि पदक तालिकामा दोस्रो स्थानमा यथावत् रहयो ।

चौथो दिन १५ स्वर्ण जितेर पदक तालिकाको शिर्ष स्थानमा उक्लेको भारतीय खेलाडीले पाँचौं दिन पनि उक्त लयलाई निरन्तरता दिदा सबैभन्दा बढी १५ स्वर्ण जितेर शिर्ष स्थानमा आफ्नो वर्चश्वलाई यथावत राखेको छ । पदक तालिकामा भारत ५७ स्वर्णसहित शिर्ष स्थानमा छन् । नेपालले भने पाँचौं दिन नै आफ्नो बिगत्को कीर्तिमानलाई भङ्ग गर्दै अहिलेसम्मकै सबैभन्दा बढी स्वर्ण जित्न सफल भयो ।

पदक तालिकामा को–कहाँ
३२४ स्वर्णका लागि हुने स्पर्धामध्ये हालसम्म १३५ स्वर्णको नतिजा आइसकेको छ। भारत पदक तालिकामा ६२ स्वर्ण, ४१ रजत र २१ कास्य गरी कुल १२४ पदकसहित शिर्ष स्थानमा छ । नेपालले ३६ स्वर्ण, २७ रजत र ३८ कास्य गरी कुल पदक संख्या १०१ पुर्याएको छ । तेस्रो स्थानमा उक्लेको श्रीलङ्काको कुल पदक संख्या नेपालभन्दा बढी रहेपनि स्वर्ण १७ वटा मात्र जित्न सकेको छ । ऊ तेस्रो स्थानमा छ । पाकिस्तान भने १५ स्वर्ण, २३ रजत र २४ कास्यसहित ६२ पदकसहित चौथो स्थानमा छन् ।

बङ्गलादेशले चार स्वर्ण, ११ रजत र ४५ कास्यसहित ६० पदकसहित पाँचौं स्थानमा छन् । एक मात्र स्वर्ण जितेको माल्दिभ्सले दुई कास्यसहित तीन पदक लिएर छैठौं तथा छ कास्य जितेको भुटान पुछारमा छन् ।

भारत्तोलनमा नेपाली महिलाको पहिलो स्वर्ण
दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला खेलाडीले भारत्तोलनमा पहिलो पटक स्वर्ण पदक जितेको छ । नेपाललाई उक्त अवसर सञ्जु चौधरीले जुराएको छ । उनले पोखरामा सम्पन्न महिला ५९ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् । क्लिन एण्ड जर्कमा ५९ किलो र स्न्याचमा ७४ गरी कुल १७१ किलो तौल उचालेकी थिइन ।

गौरिकालाई स्वर्ण गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकी छिन् । उनले २०० मिटरको फ्रि स्टाइल स्पर्धामा भारतकी शिवांगी शर्मालाई हराउँदै स्वर्ण पदक जित्न सफल भएको हो । सातदोबाटोस्थित कम्प्लेक्समा सम्पन्न पौडीको स्पर्धामा उनले निर्धा्रित दूरी दुई मिनेट पाँच दशमलब शुन्य छ सेकेण्डमा पुरा गरे भारतकी शिवांगीले उक्त दूरी पार गर्न दुई मिनेट सात दशमलब १९ सेकेण्ड लाग्यो। दक्षिण एसियाली खेलकुदको पछिल्लो संस्करणमा उनले एक रजतसँगै तीन कास्य पदक जितेको थियो ।

ब्राजिलको रियो दे जेनारियोमा सम्पन्न २०१६ को ग्रीष्मकालीन ओलम्पिकमा विश्वकै सबैभन्दा कान्छो ओलम्पियानको रुपमा सहभागी भएको थियो । पौडीको महिला १०० मिटर विधामा सहभागी हुँदा उनको उमेर मात्र १४ वर्ष थियो । गौरिकाले तेह्रौं संस्करणको विभिन्न ९ विधामा सहभागी हुने तय गरिएको छ । गौरिका हाल २०२० को टोक्यो ओलम्पिकका लागि छात्रवृत्ति पाएर बेलायतको लण्डनमा प्रशिक्षणरत रहँदै तेह्रौं सागमा सहभागी भएको छ । गौरिकाको स्वर्णसँगै नेपालले ३३ औं स्वर्ण पदक जितेको छ ।

साइक्लिङ्गमा चार स्वर्ण
यसअघि बुद्धिबहादुर तामाङले नेपालको लागि ऐतिहासिक ३२ औं स्वर्ण पदक दिलाए। उनले साइक्लिङ्गको क्रस कन्ट्री पुरुष विधातर्फ स्वर्ण हात पारे। त्यसैगरी, लक्ष्मी मगरले साइक्लिङ्गको क्रस कन्ट्री विधामा स्वर्ण पदक जिते। उक्त स्पर्धामै उषा खनालले रजत पदक प्राप्त गरे।

गोकर्णमा साइक्लिङ्ग क्रस कन्ट्री विधामा चार किलोमिटर दूरी लक्ष्मीले १ मिनेट २०।२० सेकेण्डमा पुरा गरे। उषाले उक्त दूरी १ मिनेट ३५।५२ सेकेण्डमा पुरा गरे। सोही स्पर्धामा भारतकी प्रनिता प्रफुल सोमनले दूरी पार गर्न एक मिनेट ३६।२९ सेकेण्ड लगाएर कास्य पदक प्राप्त गरे। साइक्लिङ्गमै नेपालले बुधबार दुई स्वर्ण जितेको थियो । बुधबार साइक्लिङ्गको डाउनहिल स्पर्धामा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण पदक दिलाएका थिए । बुद्धिबहादुर र लक्ष्मीको स्वर्णसँगै नेपालले साइक्लिङ्गमा चार स्वर्ण जोडेको छ ।

उसुमा पाँचौं स्वर्ण
तेह्रौं दक्षिण एसियाली खेलकुद सागको उसु विधामा जुनी राईले स्वर्ण पदक जित्नुभएको छ।उहाँले सान्सो ५६ किलो तौल समूहमा श्रीलङ्काकी मदुमालीलाई २–० ले हराउनुभयो । जुनीले दिलाउनुभएको स्वर्ण उसु विधामा नेपालको पाँचौं स्वर्ण हो ।
त्यसअघि, निमा घर्तीमगरले ऊसु विधा अन्तगर्तको थाउलो नान्दौमा स्वर्ण पदक जितेकी छिन् । उनले बङ्गलादेशकी मोर्जिना अख्तरलाई पराजित गरेकी थिइन ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा निमाले १८।१९ स्कोर ल्याउन स्वर्ण पदक जिते ।
गोरखापत्र दैनिकबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.