रौतहटमा समुदायभित्र छिर्‍यो कोरोना, संक्रमितको संख्या ११ सय नाघ्यो

रौतहट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रौतहटको समुदायमा प्रवेश गरेको छ । भाइरस समुदायमा प्रवेश गरेसँगै जिल्लामा संक्रमितको संख्या ११ सय नाघेको छ । जिल्लामा पहिलोपटक क्वारेन्टिन बाहिर समुदायमा रहेका ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बिहीबार ३८ कोरोना संक्रमितमध्ये ३ जना क्वारेन्टिन बाहिर अर्थात समुदायमा घुमिरहेका मानिसमा संक्रमण देखिएको छ ।

गौर नगरपालिका वडा ५ का २ पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रौतहटका सिडिओ वाशुदेव घिमिरेले बताए । अर्का ३० वर्षीय संक्रमित रौतहटको बोधिमाई नगरपालिकाको बंकुल चोकका पसले हुन् ।

भारत बिहार मोतीहारी थानाक्षेत्र अन्तरगत कोरहीयाटोला घर भई उनी गौर ५ मा रहेको ससुराली बस्दै आएका थिए । गौरमा भेटिएका संक्रमितमध्ये ईशनाथ नगरपालिका–२ घर भई गौर ५ बस्दै आएका एक १७ वर्षीय युवक पनि हुन् । काठमाडौंमा पीसीआर जाँच गराउँदा उनलाई संक्रमण पुष्टि भएको सिडिओ घिमिरेले बताए ।-रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.