लकडाउनमा २६ वर्षीय युवकको तौल १ सय १ किलो बढेपछि स्वासप्रस्वासमा समस्या, अस्पतालमा भर्ना गरियो

एजेन्सी – कोरोनाका कारण अहिले बिश्वभर लकडाउन गरिएको छ । लकडाउनका कारण कति पय मानिस घर भित्र नै समय बिताउन बाध्य भएका छन् । लकडाउनै कारण चलचित्रहरु पनि रोकिएका छन् ।

लकडाउनले गर्दा मानिसहरुको तौल बढदै गएको छ । मानिसहरले तौल घटाउनका लागि नियमित व्याम गर्ने नपाउदा शरिरमा समस्या देखा पर्दै आएको छ । घरभित्र नै बसिरहनुपर्दा मानिसहरू मोटोपनको शिकार हुन थालेका छन् । त्यस्तै लकडाउनकै कारण चीनमाक २६ वर्षीय युवक मोटोपनको सिकार भएका छन् ।

उनको तौल ५ महिनामा १ सय १ किलोग्रामसम्म बढेको छ । थुप्रै तौल बढेका कारण उनि निकै चिन्तामा परेका छन् । मोटोपनकै कारण उनलाई अहिले स्वासप्रस्वासमा समस्या देखिएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि २६ बर्षिय युवकलाई अस्पतालमा भर्ना गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.