न्यूजिल्याण्ड पुनः कोरोना मुक्त मुलुक बन्ने पाइलामा

एजेन्सी, ५ असार । शुक्रबार न्यूजिल्याण्डमा कोरोना संक्रमणको एउटा पनि घटना फेला नपरेको जनाइएको छ।

युक्रेनबाट आएका दुई महिला यात्री कोरोना पोजिटिभ पाएदेखि न्यूजिल्याण्डमा संक्रमणको कुनै पनि केस नदेखिएको बताइएको छ ।

न्यूजिल्याण्डका स्वास्थ्य महानिर्देशक एशले ब्लूमफिल्डले बिहीबार ६ हजार २ सय ७३ परीक्षणहरू भइसकेको तर एक जना संक्रमित व्यक्ति फेला नपरेको बताएका छन्।

न्युजिल्याण्डको जुनसुकै ठाउँबाट पनि यात्रा गर्नेहरूलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिने गरेको छ।

त्यहाँ हालसम्म कोरोनाको संक्रमितको कुल संख्या एक हजार ५७ रहेको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.