जब परदेशबाट शवको कफिन सामुन्ने आइपुग्यो, अनि थामिएन आँशु

प्रविन कोइराला/काठमाडौं, असार ५ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य फरक थियो। विमानस्थलको आगमन कक्षजस्तै इमर्जेन्सी कक्ष पनि व्यस्त थियो।

विमानस्थलमा यो दर्दनाक दृश्य कमै देखिन्छ। एकै दिन २४ वटा शव ल्याइएको छैन। दिउँसो कतार एयरवेइजले एकै पटक २० वटा शव ल्याएको हो।

यो क्रम बिहानैदेखि सुरु भएको हो। बिहानै हिमालय एयरलाइन्सले साउदीबाट भैरवबहादुर बस्नेतको शव ल्याइपु¥यायो। त्यसपछि कुवेतबाट दुई र युएईबाट एउटा शव आइपुग्यो। कतारबाट त याुत्रको आधासंख्या शव ल्याइयो। सो विमानमा ४३ यात्रु आएका थिए। शव २० वटा एउटै फ्लाइटमा ल्याइयो।

नेपालमा एकैपटक यतिधेरै शव आएको पहिलो पटक हो। उनीहरु वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपाली हुन्। लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि धेरै नेपालीका शव विदेशमै रोकिएका छन्।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चार्टड उडान सुरु भएसँगै ती देशमा रहेका नेपालीका शव पनि ल्याउन थालिएको हो। नेपाल ल्याइएका शव बोर्डले घरसम्म पु¥याइदिनका लागि गाडिको व्यवस्था गरेको छ। ७ जनाका परिवारले भने काठमाडौंमै अन्त्येष्टि गर्ने भएका छन्।

लकडाउनको अवधिमा विभिन्न देशमा झण्डै तीन सय शव रहेकोमा एक सय जति शव उतै अन्त्येष्टि गरिने भएको छ। नेपाल ल्याउनु पर्ने शव करिव दुई सय रहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशा राजनप्रसाद श्रेष्ठले बताए।-नेपाल खबरबाट

28 Comments

  1. I’ve been surfing online more than three hours today, yet I never found any interesting article like yours.
    It is pretty worth enough for me. In my opinion, if all webmasters and bloggers made good
    content as you did, the web will be much more useful than ever before.

  2. I’ve been browsing online more than 2 hours today, yet I never found any interesting article like yours.
    It’s pretty worth enough for me. Personally, if all site owners and bloggers made good content as you did, the net
    will be a lot more useful than ever before.

5 Trackbacks / Pingbacks

  1. sex games party magaluf
  2. online viagra pharmacy
  3. daily cialis
  4. side effects for azithromycin
  5. meloxicam for dogs cost

Leave a Reply

Your email address will not be published.