काठमाडौंमा थपिए ३ जना कोरोना संक्रमित

काठमाडौं : काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै बिहीबार मात्र काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा ३ जना गरी काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार ४२६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ८ हजार २७४ पुगेको हो।नयाँ संक्रमितमध्ये ७ हजार ५६७ पुरुष र ७०७ महिला रहेका छन्।

बिहीबार मात्रै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार पीसीआर विधिबाट 1 लाख ६१ हजार ७४९ र आरडीटी विधिबाट २ लाख ४७ हजार ८७४ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ९ हजार ४६१ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ६हजार ८५० जना रहेका छन्। ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा ५०३ रहेका छन्। यस्तै शुक्रबार थप २१६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या

मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट २१६ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या १४ सय ०२ पुगेको छ।नयाँ डिस्चार्ज हुनेमा २०७ पुरुष र ९ महिला छन्। बिहीबार पनि १९ जनाले कोरोना जितेर घर फर्किएका थिए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.