काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट बाढीको रुपमा नेपाली नागरिक स्वदेश फर्किएपछि कोरोना संक्रमण बढेको बताएका छन् ।
बिहिबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण विश्वमा फैलिएपछि अरु देशमा फाट्टफुटट नागरिक फर्किएपनि हाम्रोमा बाढीको रुपमा आएका कारण संक्रमितको संख्या बढेको बताए । उनले भारतबाट चैत महिनामा १२ हजार ६ सय ५७, बैशाखमा ११ हजार ७ सय ४९ जना, जेठमा २ लाख ४१ हजार ८ सय ६२ जना नेपाल आएको बताए ।
यस्तै असार १ गतेदेखि ३ गतेसम्म ३ दिनको अवधीमा मात्रै ७ हजार ५ सय २ जना नेपाल प्रवेश गरेको बताए । जेठ र असारमा दैनिक ७ हजार ८ सय २२ जना नेपाल प्रवेश गरेको उनले बताए ।
यतिबेला नेपालमा कोरोना परिक्षण दिनमा बढीमा ७ हजारसम्म पु¥याउन सकिएको नत्र ४ हजार ४५ सय हाराहारीमा हुने गरेको बताउँदैं भारतबाट महिनामा साढे २ लाख हाराहारी मान्छे आएका कारण समस्या भएको बताए । उनले परीक्षण क्षमतालाई बढाइरहेको, निकालेको स्वाब परिक्षण छिटो गर्न निर्देशन दिएको पनि उल्लेख गरे ।
एक महिनामा अडाई लाख जनता बाहिरबाट आउँछन् भने उनीहरुको लागि क्वारेन्टाइन स्थापना गर्नु, उनीहरुको लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको व्यवस्था गर्नु सामान्य कुरा नभएको प्रधानमन्त्रीको भनाई छ ।
बाहिरबाट भन्नलाई सजिलो भएपनि ति चिजहरुको व्यवस्था गर्न सजिलो नभएको बताउँदै स्थानीय तह गाउँपालिका र नगरपालिकाले क्वारेन्टाइनको व्यवस्थापन, ब्यक्तिगत दुरी कायम गर्ने, सेवा उपलब्ध गराउने जनशक्तिको राम्रो व्यवस्थापन गरेको बताए ।
विश्वमा कुनैपनि देश कोरोना विरुद्धको तयारीका लागि नबसेको बताउँदै अरु देशको भन्दा नेपालले राम्रो तयारी गरेको बताए । सरकारले पूर्व तयारी गरेका कारण संक्रमितको संख्या बढ्न नपाएको उनले बताए ।
buy tadalafil – buying tadalafil online safely purchase tadalafil
order generic propecia – http://finasteridepls.com/ propecia maker
is finasteride safe – compare propecia prices uk propecia generic name
buy tadalafil online – http://xtadalafilp.com/ tadalafil pills
Zjdcip – Discount viagra viagra cost
Rpgcjy – ivermectin 1%cream Fblmft khstnu
Npysqz – viagra vs tadalafil vs levitra Whgsvh abvacb
Wihgiy – furosempi.com Dgbrky jzmefg