अझै झस्किन्छन् रुकुम घटनाका घा’इते, भन्छन्- ‘आँखा अगाडि मा’रेर भेरीमा फालेको दृश्य फनफनी घुमीरहन्छ’

जाजरकोट। जिल्लाको भेरी नगरपालिका–४ का सुदीप खड्काको शरीरको चो’ट बिस्तारै ठिक हुँदैछ । तर, घटनाको पीडा र त्रा’स भने बढ्दो छ । बेलाबेला त्यही घ’टना सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् पनि । भेरी नगरपालिकाका नव राज विकसहित ६ जनाको ज्यान जाने गरी गत जेठ १० गते रुकुमको चोरजहारमा भएको घ’टनाका घा,इते हुन् सुदीप ।

सुदीप सहित १२ जनाले बल्लतल्ल ज्या’न जोगाए । तर उनीहरुलाई म’रणासन्न हुनेगरी कु’टिएको थियो । गाउँलेले चिर्पट, हँसिया, ढुं’गाले हान्दाहान्दै सुदीपलाई प्रहरीले समातेर मिसन अस्पताल लगेको थियो । बेला बेला उनलाई त्यही नवराज लगायतकाा साथीले ‘बचाउ बचाउ’ भनेको आवाज गुञ्जिरहन्छ । ‘मेरो आँखा अगाडि मा’रेर भेरीमा फालेको दृश्य फनफनी घुमीरहन्छ ।’

सुदीप मात्र होइन, घटनामा बाँच्न सफल १२ जनाको अवस्था यतिबेला असामान्य छ । प्रायः सबै घा’इतेलाई मानसिक तनावमा छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेन्द्र कार्कीले लेखेका छन् । उक्त घ’टनामा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दीप विक र चौरजहारीका टीकाराम सुनारको ज्या’न गएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.