सुर्खेत क्वारेन्टिनमा एकजनाको मृ,त्यु

१ असार, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-७ स्थित क्वारेनटाइनमा बसेका एकजनाको मृ त्यु भएको छ ।

१३ दिनअघि भारतको गढवालबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृ त्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।

सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृ त्यु भएको मेयर पुनले बताए ।

मृतकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।

मेयर पुनका अनुसार मृ त्यु भएका ती व्यक्ति पहिलेदेखि नै क्षयरोगका बिरामी थिए ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.