सरकारको सरोकार कार्पेट कि पीसीआर ?’

काठमाडौं । कोरोना महामारीका वेला लकडाउन गरिएका बेला सरकारले कर तिर्न ताकेता गरेको विरोधमा बालुवाटारमा मंगलबार बिहान प्रदर्शन भएको छ ।

बालुवाटर क्षेत्रमा भेला भएका सामाजिक अभियन्ता र व्यावसायीले सरकारको कदमको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएका १० अर्ब कहाँ गयो भनेर पनि प्रश्न गरेका छन् ।

साथै, पछिल्लो समय १४ दिन अस्पतालमा राख्दा पनि लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि उनीहरुले विरोध गरेका छन् ।

विभिन्न खाले मुकुण्डो लगाएर समेत उनीहरुले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका छन् । अहिले विरोध प्रदर्शनस्थलमा दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को टोली पनि पुगेको छ ।
प्रदर्शनकारीले प्रहरीको चेतावनी अवज्ञा गरे पक्राउ गर्ने प्रहरीको तयारी छ ।-अनलाइन खबरबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.