भगतराम थारु
नेपालगञ्ज, २७ जेठ । बाँकेमा आइसोलेसनबाटै कोरोना संक्रमित फरार भएका छन् । बाँकेको एक आइसोलेशन सेन्टरमा बस्दै आएका नेपालगञ्जका एक कोरोना संक्रमित व्यक्ति फरार भएका हुन् ।
जानकी गाउँपालिका २ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसन सेन्टरमा बसेका नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षीय एक कोरोना संक्रमित सोमबार राति फरार भएको प्रहरीले जनाएको छ ।
४१ जना संक्रमित राखिएको उक्त आइसोलेसनबाट सोमबार राति ती संक्रमित फरार भएको जानकी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिनुभयो ।
जेष्ठ ९ गते क्वारेन्टाइनमा राखिएका ती युवाको कोरोना परीक्षण गर्ने क्रममा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई जानकी गाँउपालिका वडा नं. २ मा रहेको आइसोलेसन सेन्टरमा राखिएको थियो ।
संक्रमित व्यक्ति फरार भएको जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरी उनको तीब्र रुपमा खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।
फरार व्यक्तिसँग सम्पर्क रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सोमवार मात्र १० जनाको स्वाब लिइएको थियो । उनी १ महिना अघि भारतबाट नेपाल आएका थिए ।
यसभन्दा अघि बाँकेको नरैनापुर गाउँपालिकाका १३ जना युवा आइसोलेशनमा ल्याउने क्रममा फरार भएका थिए । उनीहरुलाई फरार भएकै दिन प्रहरीले पक्राउ गरेको थियो ।-न्यूज२४
cheap viagra online where to buy viagra
mexican viagra
erectile dysfunction treatments order ed pills
best ed solution
order ed pills best ed pills
ed pills online
ed pills without a doctor prescription ed pills without a doctor prescription
cheap ed pills