भानुभक्त आचार्य/ २४ जेठ, कैलाली । डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
धनगढी उपमहानगरपालिका–४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको केहीबेरमा नै मृत्यु भएको थियो ।
उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर आरडीटी नेगेटिभ आएको भन्दै अस्पतालले परिवारका सदस्यहरूलाई मृतकको शव बुझायो । आफन्तलाई पर्खिएको परिवारले शनिबार मोहना घाटमा अन्त्येष्टि गरे । त्यसको केही घण्टामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
धनगढी–४ का वडाध्यक्ष दीपक थापा भन्छन्, ‘बिहान १० बजेतिर मोहनामा लागेर अन्त्येष्टि गरियो । अन्त्येष्टि गरेको केही घन्टापछि कोरोना संक्रमणको पुुष्टि भयो ।’
मलामी खोजी
संक्रमित महिलाको अन्त्येष्टिमा परिवारका सदस्यसहित २०÷२२ जना सहभागी भएका थिए ।
प्रहरीले उनीहरूको खोजी थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी हिक्मत थापा भन्छन्, ‘केही मलामी सम्पर्कमा आएका छन्, केहीको खोजी भइरहेको छ ।’
परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न समन्वय भइरहेको पनि उनले जानकारी दिए ।
मृत्युपछि संक्रमण पुष्टि हुँदा थप जोखिम
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण एक सातामा २ जनाको मृत्यु भएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुरा बुढीगंगा नगरपालिका–१ की २ वर्षीया बालिकाको बाजुरा अस्पतालमा १८ गते मृत्यु भएको थियो ।
बालिकाको मृत्यु भएको करिब १२ घण्टापछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । मृतक बालिकाको आमालाई पनि कोरोना संक्रमणको पुष्टि भएको थियो भने बुबाको पीसीआर रिर्पाेट नेगेटिभ आएको छ ।
तर मृत्युपछि कोरोना संक्रमण पुष्टि हुँदा थप जोखिम बढ्ने जानकारहरू बताउँछन् । ‘रिर्पाेट आउन ढिलो हुँदा बुबामा पनि संक्रमण फैलनसक्ने खतरा थियो’ बाजुरा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रुपचन्द्र विश्वकर्मा भन्छन्, ‘यस्तो अवस्थामा परिवारका सदस्यसँगै स्वास्थ्यकर्मीलाई पनि संक्रमण जोखिम हुन्छ ।’
कैलालीकी महिलाको पनि मृत्यु भएको करिब ३० घण्टापछि कोरोना परीक्षण रिपोर्ट आएको छ । मृत्युपछि कोरोना पुष्टि हुँदा त्यसले थप जोखिम बढाउने प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘उनलाई अस्पताल ल्याउने र उपचार गर्न सबैलाई दुई साताभित्र कुनै लक्षण देखिए तुरुन्तै परीक्षण गर्नुपर्छ’ उनले भने ।-अनलाइन खबर
tadalafil online – tadalafil pills tadalafil online reviews
finasteride 1mg – http://finasteridepls.com/ topical finasteride results
propecia maker – propecia dosage propecia medication
tadalafil generic – http://xtadalafilp.com/ generic tadalafil reviews
pay for research papers – essay title help practice essay writing online
Bjdoif – http://virviaga.com/ viagra soft canada order
Jnuqzu – sildenafil cialis Onhuiv qtgusy
vardenafil best price – vardenafil online does generic vardenafil work
sildenafil women canadian viagra 100mg canadian viagra 100mg
cialis on ebay what is cialis generic cialis 20mg
cost of tamoxifen medication [url=https://nolvadex33.us]tamoxifen[/url] tamoxifen and menses
medications like tamoxifen tamoxifen side effects heart nolvadex 50mg
[url=http://sildenafiloral.com/]viagra online pfizer[/url]