जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना पुष्टि

सुर्खेत । जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना भाइरस (कोभिड-१९)को सं,क्रमण पुष्टि भएको छ ।

सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई सं,क्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उनीहरु सवैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो । सं,क्रमित तीन जना भारतबाट आएका थिए । उनीहरु क्रमश ६, १४, ३३ र ५२ वर्षीय रहेको महाशाखा प्रमख तिवारीको भनाइ छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.