काठमाडौ । नेपाली जनताले आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग समेटिएको नक्सा प्राप्त गरेका छन् । नयाँ नक्साअनुसार संविधानको अनुसूचीमा आवश्यक परिवर्तन गर्न सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरिसकेको छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको दिशामा, आफ्नो भू–भाग प्राप्तिको दिशामा चालिएको यो ऐतिहासिक पहलकदमी हो ।
यो कदम ऐतिहासिक कोशेढुङ्गा बन्न पुगेको छ । यसका निम्ति म सरकारलाई र यो निर्णयसम्म पुग्न योगदान पुर्याउनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो सबै प्रक्रियामा संविधान संशोधन विधेयकसहितलाई समर्थन गर्ने जो निर्णय गरेको छ, त्यसको स्वागत गर्दै प्रतिपक्षी दललाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।
अब हाम्रो मुख्य काम अतिक्रमण भएको भू–भाग प्राप्त गर्नु हो । त्यस दिशातर्फ सरकार गम्भीरतापूर्वक अगाडि बढ्ने कुरा प्रधानमन्त्रीज्यूले संसदमा नै प्रष्ट पारिसक्नुभएको छ । राष्ट्रिय एकतासहित हामी सबै त्यो दिशातिर अगाडि बढ्नुपर्ने आवश्यकता छ, यसका निम्ति सबैलाई आह्वान गर्न चाहन्छु ।
नेपालको सम्पूर्ण भू–भाग समेटिएको नक्सा अहिलेमात्रै किन प्रकाशित भयो ? भन्ने लाग्न सक्छ । हाम्रो त्यो भू–भाग अतिक्रमण हुँदा तत्कालै प्रतिवाद किन गरेनौं ? भन्ने लाग्न सक्छ । त्यो स्वाभाविक हो । यस सन्दर्भमा तीन वटा कुरामा ध्यान दिन अनुरोध गर्न चाहन्छु ।
पहिलो – नेपालको कुनै पनि शासक र सरकारले सुगौली सन्धि पछाडि कुनै सन्धि वा सम्झौता गरेर नेपालको कुनै भू–भाग कसैलाई दिएका छैनन् । यो कुरा स्पष्ट हुन अनुरोध गर्न चाहन्छु ।
दोस्रो– लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित हाम्रो पश्चिमी भू–भाग भारतद्वारा अतिक्रण भएको हो । त्यो अतिक्रमित भू–भाग हामीले प्राप्त गर्नुपर्छ । अतिक्रमित भू–भागमा भएका विदेशी सैनिक र सुरक्षाकर्मीहरू फिर्ता गरिनुपर्छ भन्ने कुरामा नेपालका सबै राजनीतिक पार्टीहरू, नेपालका सबै सामाजिक शक्तिहरू, नेपालका सबै देशभक्तहरू, नेपालका सम्पूर्ण जनता एक ठाउँमा छन् ।
तेस्रो– हाम्रा कमीकमजोरी कहाँनिर भयो होला ? हामीले त्यो भू–भागहरू अहिलेसम्म प्राप्त गर्ने ठोस पहल कदमीहरू अगाडि बढाउन किन सकेनौं होला ? भन्ने पीडाको अनुभूति हुन सक्छ ।
तर म सबै राजनीतिक पार्टीहरूलाई, सबै इतिहासविद्हरूलाई, नागरिक समाजलाई र सबै बौद्धिक व्यक्तित्वहरूलाई अनुरोध गर्न चाहन्छु— कमजोरीको समीक्षा पछाडि गर्दै गरौंला । अहिले आरोप प्रत्यारोपमा लाग्ने बेला होइन । हामी सम्पूर्ण नेपालीहरू एक ढिक्का भएर यो ऐतिहासिक पहललाई भूमि प्राप्त गर्नेबिन्दुसम्म अगाडि बढाउन जरुरी छ । त्यसका निम्ति सबैलाई विशेष अनुरोध गर्न चाहन्छु ।
best over the counter viagra viagra without a doctor prescription usa
buy generic 100mg viagra online
ed pills without a doctor prescription cheap ed pills from canada
cheap ed pills from india
cheap ed pills in mexico cheap ed pills
order ed pills
cheap ed pills from india natural cures for ed
ed pills online