सुर्खेतमा कोरोना सं,क्रमणबाट युवकको मृ त्यु : आरडीटीले दुई पटक झु क्यायो

काठमाडौं । रोजगारीका लागि भारत पुगेका सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक ७ जेठमा स्वदेश फर्किए । सुर्खेत प्रवेश गर्ने विन्दु बबईमा र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना सं क्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि स्थानीय तहको क्वारेन्टिनमा पठाइयो ।

विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी विधिबाट टेष्ट गर्दा फेरि रिपोर्ट नेगेभिट आयो । त्यसपछि ‘सात दिनसम्म होम क्वारेन्टिनमा बस्ने छु’ भन्ने फारम भरेर २१ गते घर जान पाए ।

क्वारेन्टिन स्थलबाट केही घण्टाको दुरीमा रहेको घर उनी हिँडेर गए । त्यही रात २ बजे उनको मृ त्यु भयो ।

बिहीबार स्वाब संकलन गरेर पशुपन्छी रो ग अन्वेषण प्रयोगशाखा सुर्खेत पठाउँदा उनमा कोरोना सं क्रमण पुष्टि भयो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयकास्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी भन्छन्, ‘टाइम अफ इ न्फेक्सनमा हामी पनि द्विविधामा छौं ।’

भारतबाट सं क्रमित भएर आएको भए आरडीटी पोजेटिभ आउनुपर्ने उनको तर्क छ । तर १४ दिन क्वारेन्टिन बसेपछि गरिएको आरडीटी टेष्टको रिपोर्ट पनि नेगेटिभ नै आयो ।

ती युवकमा कोरोना सं क्रमणको लक्षण पनि थिएन । ‘खो की मात्र लागेको भए हामीले रो क्थ्यौं, तर केही नै थिएन’ डा. तिवारी भन्छन्, ‘तर मृ त्युपछि पीसीआर (विधिको परीक्षणको नतिजा) पनि पो जेटिभ आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन र पो स्टमार्टम गर्न सक्ने अवस्था पनि नभएकाले मृ त्युको कारण कोरोना नै भनेका छौं ।’

तिवारी अघि भन्छन्, ‘उहाँको मृ त्यु भयो, यो दु खद छ । सँगै यसले हामीलाई आरडीटी टेष्टबारे सोच्न बाध्य बनाएको छ । यसबारे हामी छलफल पनि गरिरहेका छौं ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.