मुगु पनि कोरोनाबाट अछुतो रहेन, १ जनामा सं,क्रमण पुष्टि

दान बहादुर बुढा

मुगु, २२ जेठ । देशभरका ६१ जिल्लामा कारोना सं,क्रमण देखिरहदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा अब भने संक्रमण सुरू भएकाे छ । मुगुमा १ जनामा काेरोना भा,इरस सं,क्रमण भएको पुष्टि गरिएको छ ।

जिल्लाको खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षीय युवामा बिहीबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा गरिएकाे पीसीआर परीक्षणमार्फत सं,क्रमण पुष्टि भएकाे हाे । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले सं,क्रमणकाे पुष्टि गरेका हुन् ।

सं,क्रमित युवा खत्याड गाँउपालिकाले स्थापना गरेको हलेखाड क्वारेन्टाइनमा बस्दै आएकाथिए ।उनलाई बिहीबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसाेलेसन वार्डमा राखिएको छ । हाल निजको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

हेले खाडा त्यही क्वारेन्टाइन हो, जहाँ भारतबाट आएका ४८ जनालाई तरकारी फलाउन प्रयोग गरिने ग्रिनहाउसको पाल टागेर राखिएको छ । जिल्लामा रहेका चारवटा स्थानीय तहहरुमध्ये सबैभन्दा बढी भारतबाट सोही गाँउपालिकाका स्थानीयहरु भित्रिएका छन् । यो गाँउपालिका कोरोना भा,ईरस सं,क्रमणको उच्च जो,खिममा रहेको सरोकारवालाहरुले बताउदै आएका थिए ।

सं,क्रमित रहेको क्वारेन्टाईनमा बसेका अन्य ४७ जनाको १ हप्तापछि आरडिटी परीक्षण गरेर मात्र घर पठाउने बताइएकाे छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.