लकडाउनका कारण उदयपुरमा रासायनिक मल अभाव

अभिमन्यू लामिछाने,
उदयपुर, १८ जेठ । कोरोना भाइरस संक्रमण रोक्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण पर्याप्त मल आपूर्ति नहुदा उदयपुरमा रासायनिक मल अभाव भएको छ ।

कृषकहरुको माग अनुसार सरकारले रासायनिक मल आपूर्ति गर्न नसक्दा जिल्लामा मलको अभाव भएको हो । फौजी किराबाट मकै बाली जोगाएका उदयपुरे कृषकहरु युरिया मल नपाएर चिन्तित बनेका छन ।

धान र मकैमा मल लगाउने सिजनमा बजारमा मल नहुदा समस्यामा परेको कृषकहरुको गुनासो छ । यति बेला मकै बालीमा युरिया र धानबालीमा डीएपी मल प्रयोग गर्ने समयमा मल अभाब भएपछि आफूहरु मार्कामा परेको कटारी–३ का स्थानीय कसिया धामीले बताए ।

जिल्लामा करीब १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती हुदै आएको छ । सरकारले अनुदानमा प्रदान गर्ने मल लकडाउनका कारण जिल्लामा प्रर्याप्त मात्रामा ल्याउन सकेको छैन । उदयपुरमा वार्षिक रुपमा तीन सय ५० मेट्रिक टन युरिया, दुई सय मेट्रिक टन डीएपी र १५० मेट्रिक टन पोटास खपत हुने कृषी सामग्री कम्पनी उदयपुरले जनाएको छ ।

कृषी सामग्री कम्पनीले तराईका जिल्लाहरुमा गहुँ तथा धानको लागि मौज्दात राखेको मल पहाडी जिल्लामा मकैको लागि वितरण गर्ने हो भने केही हदसम्म कृषकको समस्या समाधान हुने उनले बताए ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.