एजेन्सी । भारतसहित समग्र दक्षिण एशियामा कोरोनाका नयाँ संक्रमितको संख्या तिव्र रुपमा बढेको छ । सक्रिय संक्रमणमा फ्रान्सलाई उछिनेर भारत विश्वकै चौथो स्थानमा आइपुगेको छ । यहाँ ९२ हजार २ सय ४४ जनामा सक्रिय संक्रमण छ । सक्रिय संक्रमित, निको भएका र मृतकको संख्या समेत जोड्दा भारतको कूल संक्रमित संख्या १ लाख ८६ हजार ३ सय २१ हुन्छ । यसमध्ये ८८ हजार ८ सय ८ जना निको भएका छन् भने ५ हजार २ सय ६९ जनाको मृत्यु भइसकेको छ ।
यी देश शीर्ष तीनमा
पछिल्लो आँकडाअनुसार सबैभन्दा धेरै बिरामी अमेरिकामा छन् । यहाँ ११ लाख ७८ हजार ७ सय ७९ जना सक्रिय संक्रमित अर्थात् बिरामी अवस्थामा छन् । कूल १८ लाख १९ हजार ७ सय ९२ मा कोरोना देखिएकोमा ५ लाख ९२ हजार २ सय ४४ जना उपचारपछि ठिक भएका छन् भने १ लाख ५ हजार ६ सय ३४ को मृत्यु भएको छ ।
दोस्रो स्थानमा ब्राजिल छ । यहाँ २ लाख ६७ हजार ७ सय ४२ जना सक्रिय संक्रमित छन् । कूल ५ लाख १ हजार ९ सय ८५ जनामा संक्रमण देखिकोमा २ लाख ५ हजार ३ सय ७१ जना निको भए, २८ हजार ८ सय ७२ जनाको मृत्यु भयो । तेस्रो स्थानमा रुस आउँछ । जहाँ २ लाख २९ हजार २ सय ६७ जनामा संक्रमण छ । कूल ४ लाख ५ हजार ८ सय ४३ संक्रमितमध्ये १ लाख ७१ हजार ८ सय ८३ जना निको भए, ४ हजार ६ सय ९३ जनाको मृत्यु भयो ।
पाकिस्तान शीर्ष १० मा
दक्षिण एशियाकै अर्को राष्ट्र पाकिस्तान पनि सक्रिय संक्रमित संख्यामा शीर्ष १० मा आइपुगेको छ । पाकिस्तानमा सक्रिय संक्रमित ४२ हजार ७ सय ४२ छन् । कूल ६९ हजार ४ सय ९६ जनामा संक्रमण देखिएकोमा २५ हजार २ सय ७१ जना निको भए, १ हजार ४ सय ८३ जनाको मृत्यु भयो ।
सक्रिय संक्रमित संख्यामा एघारौं स्थानमा बंगलादेश छ । यहाँ, ३६ हजार ७ सय २२ जनामा सक्रिय संक्रमण छ । कूल ४७ हजार १ सय ८३ जनामा कोरोना देखिएकोमा ९ हजार ७ सय ८१ जना निको भए, ६ सय ५० जनाको मृत्यु भयो ।
नेपालमा संक्रमित थपिँदैं
नेपालमा पनि कोरोना भाइरसका संक्रमित थपिदैंछन् । आइतबार १ सय ६६ जनामा संक्रमण देखिएसँगै कूल संक्रमितको संख्या १ हजार ५ सय ७२ पुगेको छ । यसमध्ये २ सय २० जना निको भएका छन् भने ८ जनाको मृत्यु भयो । १ हजार ३ सय ४४ जना अहिले पनि बिरामी अवस्थामा छन् ।
विश्वभर कोरोना संक्रमितको कूल संख्या ६२ लाख २ सय ४ छ । यसमध्ये २७ लाख ६१ हजार ८ सय ८७ जना निको भए । ३ लाख ७१ हजार ७ सय ४७ जनाको मृत्यु भयो । पछिल्लो आँकडाअनुसार ३० लाख ६६ हजार ५ सय ७० जना बिरामी अवस्थामा छ । स्रोत- वल्र्डोमिटर
Kamagra Orale Buy Gelatina
buy azithromycin over the counter usa
hcq for sale
buying cialis online safely
foro cialis viagra
Levaquin Visa
Achat Cialis Uk
gabapentin for dogs side effects
buying cialis online forum
z pack use
should i take propecia
Order Levitra