राजेन्द्र अधिकारी,
पोखरा, १८ जेठ । खोलाको वहावलाई रोकथाम गर्ने भन्दै खोलामा जेसीभी सञ्चालन गरेका वडाध्यक्षले गिटीबालुवा प्लटिङ गरिएको जग्गामा थुपार्न थालेपछि स्थानीयवासी सशंकित भएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १३ कुँडहरका वडाध्यक्ष दर्शन लामा भनिने लेखबहादुर तामाङले धमाधम दर्जनौं ट्रिपर, ट्रयाक्टर र ट्रकको प्रयोग गर्दै गिटीबालुवा अन्यत्र थुपारिरहेका छन् ।
यस सम्बन्धमा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आफूलाई केही पनि जानकारी नभएको बताउनुभयो । महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेलले भने वडाले दिएको पत्रानुसार यसो गर्न नमिल्ने बताउनुभयो । सूचना अधिकारी पौडेलले भन्नुभयो, ‘दुई दिनका लागि सामग्री अन्यत्र लैजान नपाईने गरी अनुमति दिईएको हुँदा सोही बमोजिम काम हुनुपर्छ ।’
काहुँखोला आर्वासडक अन्तर्गत निर्माण भईरहेको नालामा गत जेठ १५ गते आएको भारी वर्षाले नाला भत्केको, बाटो अवरुद्ध भएको हुनाले त्यसलाई खुलाउन मेसिन प्रयोग गर्ने अनुमति वडाले मागेको थियो । तर वडाध्यक्ष दर्शन लामा सहितका केही युवाको मिलेमतोमा धमाधम गिट्टीबालुवा लगेर अन्यत्र थुपार्न थालेपछि स्थानीयले विरोध जनाएका हुन् ।
स्थानीयले विरोध जनाएपछि यस विषयमा महानगरपालिकाका सूचना अधिकारी पौडेललाई जिज्ञासा राख्दा उहाँले खोलाको गिटीबालुवा यसरी झिकेर अन्यत्र प्लटिङ गरिएको जग्गामा थुपार्न नमिल्ने बताउनुभयो । सूचना अधिकारी पौडेलले भन्नुभयो, ‘वडा कार्यालयको पत्रानुसार यस्तो गर्न मिल्दैन ।’
वडाध्यक्ष तामाङले जेठ १६ गते पोखरा महानगरपालिकालाई पत्र लेख्दै काहुँखोला–आर्वा सडक अन्तर्गत निर्माण भईरहेको नाला स्तरोन्नतिका लागि जेठ १५ गते आएको बाढीले निर्माणाधीन पर्खाल, बाटो र बस्ती समेतलाई क्षति पु-याएको भन्दै कुलो सफाई तथा खोलाको वहावलाई रोकथाम गर्न २ दिनको लागि जेसीभी सञ्चालनको अनुमति मागेका थिए ।
यस विषयमा पोखरा महानगरपालिकाले खोलाबाट निकालिएको सामान निकासी नगर्ने गरी दुई दिनको लागि अनुमति दिएको थियो । तर स्थानीय युवा र वडाध्यक्ष दर्शन लामाको मिलेमतोमा दर्जनौं ट्रिपर, ट्रयाक्टर र ट्रक प्रयोग गरी खोलाको गिटीबालुवा त्यस ठाउँभन्दा १ किलोमिटर पर प्लटिङ गरिएको जग्गामा धमाधम थुपारिए पछि विरोध शुरु भएको हो ।
यस विषयमा जिज्ञासा राख्दा पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष दर्शन लामा भनिने लेखबहादुर तामाङले आर्थिक रुपमा चलखेल नगरेको तर जनताले ट्रक, ट्रिपर, ट्रयाक्टर ल्याएर पुरुवाको लागि गिट्टीवालुवा लैजान्छु भन्दा आफूले दिएको बताउनुभयो ।
अध्यक्ष तामाङले तीनवटा वस्ती जोखिममा भएको हुँदा त्यसको संरक्षणका लागि आफूले खोलामा जेसीभी सञ्चालन गरेको दावी गर्नुभयो । प्लटिङ गरिएको जग्गामा थुपारिएका गिट्टीबालुवाका विषयमा वडाध्यक्ष तामाङले खोलामा धेरै हुने हुनाले स्थानीयलाई उनीहरुकै खर्चमा दिएको बताउनुभयो ।
तर, खोलाबाट झिकिएको गिट्टीवालुवा खोला कै दायाँवायाँ राख्नुपर्ने र आवश्यक पर्ने ठाउँमा लैजान परेमा प्रक्रिया पु¥याएर मात्र लैजानु पर्ने महानगरपालिकाको नियम छ । त्यसो त पोखरा महानगरपालिकाले वडालाई दिएको अनुमति पत्रमा ८ वटा शर्तहरु उल्लेख छन् ।
जसमा नदी, खोला एवम् वस्ती, साँधसधियारा, छरछिमेकीलाई सम्भावित जोखिम नपुग्ने गरी काम गर्नुपर्ने तर सरोकारवालाहरुको गुनासो आएमा तत्कालै उक्त कार्य बन्द गर्नुपर्नेछ भन्ने उल्लखे छ ।
जथाभावी उत्खनन् हुन नहुने र वातावरण संरक्षणमा ध्यान दिनुपर्ने, अस्वभाविक रुपमा उत्खनन् गरी खाल्टा पार्ने काम गर्न नहुने र सार्वजनिक जग्गा एवम् खोला खोल्सीको राईट अफ वेलाई दख्खल पु¥याउन नहुने र अनुमितका शर्त विपरित कार्य भएमा तुरुन्त अनुमति स्वतः खारेज हुने लगायतका शर्तहरु उल्लेख छन् ।
स्थानीयवासीहरुले वडाध्यक्ष र केही युवाहरुको मिलेमतोमा खोलाबाट सयौं टिप गिटीबालुवा लगेर त्यसरी पहाड नै बनाएर प्लटिङ गरिएको जग्गामा थुपारिएको र देखाउनका लागि केही टिप अन्यत्र लगेर पुर्ने काममा पनि प्रयोग गरिएको भएपनि सम्बन्धित निकायले यस विषयमा अनुगमन गर्न माग गरेका छन् ।-न्यूज२४
[url=https://ponlinecialisk.com/]soft tab cialis[/url]
viagra cost online doctor prescription for viagra
buy viagra online usa
ed pills online ed pills online
cheap ed pills from canada
order ed pills ed pills online
carprofen without vet prescription