कोरोनाबाट बाँच्न भन्दै भारतबाट गाउँ आइपुगे चन्द्रबहादुर, तर घरको बलेसी नै नकटी प्राण त्यागे

गुल्मी, जेठ १८ । भारतबाट आएर गाउँमा पुगेका एक व्यक्तिले देहत्याग गरेका छन् । कोरोना कहरले भारतबाट बच्न भन्दै भारतबाट आइतबार गाउँ आइपुगेका गुल्मी छत्रकोट गाउँपालिकाका ५६ बर्षीय चन्द्रबहादुर परियारले रुखमा पासो लागेर परान त्याग गरेको प्रहरीले जनाएको छ ।

उनी आइतबार बिहान गुल्मी आइपुगेका थिए । स्वयम सेवकहरुले उनलाई स्कुलको क्वारेन्टाईनमा लगेर राखेका थिए । उनी सोही गाउँपालिका वडा नम्वर ४ दिगामका हुन् । विहान भारतको दिल्ली स्थित नोयडाबाट तीन दिनमा घर आएका आइपुगेका हुन् ।

‘उहाँबाट हिड्दा श्रीमति र छोरा छोरीहरुलाई म घर आउँछु भन्दै फोन गरेका थिए, तर आएर भने उनी धेरै कुरा गर्न पाएनन्’ – उनकी श्रीमतीले बताइन् ।

‘गामको शारदा माध्यामिक बिद्यालयको क्वारेन्टाईनमा लगिएको थियो । दिउँसो श्रीमतीले कपडा लत्ता लगेर दिएको बताइएको छ । परियारी श्रीमतीले भनिन् – ‘राम्रै सञ्चै छु भन्नु हुनुहुन्थ्यो, दुई महिना देखि कतै काम नपाएर मेरी बहिनी लक्ष्मीको कोठामा एक महिना सम्म बस्नु भए छ, उसैले भाडा खर्च दिएर आउनु भएको थियो रे, दिउँसो म गएकी थिएँ धेरै बोल्नु भएन, साँझ म घर आएपछि त्यस्तो कुरा सुने ।’

त्यस वडाकी सदस्य सावित्रा बिकका अनुसार आइतबार उनी करिव ७ बजेको समयमा दिगाम आइपुगेका थिए । साँझ करिव साढे ६ बजे तिर ट्यालेट जाँन्छु भन्दै हिडेका उनी केहि बेर पछि खोज्दै जाँदा त्यस क्वारेन्टाईन देखि करिव २ सय मिटर पर दवदवेको रुखमा गल्वन्दीको पासो लगाइएको अवस्थामा मृत अवस्थामा फेला परेको उनले बताइन् ।

उनको शव पोष्टपार्टम गर्नका लाथि सदरमुकाम ल्याउन लागिएको सोमवार स्थानीय सञ्चारकर्मी अमर पन्थले बताए । परियारले झुण्डिएर देहत्याग गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले पुष्टि गरेका छन्।

सञ्चारकर्मी पन्थका अनुससार अब्यस्थित क्वारेन्टाईन छ भनेर सामाजिक सञ्जालमा हल्ला आए जस्तो नभएको, पानी , शौचालय , खाने वस्ने र सुत्ने स्थान व्यवस्थित रहेको छ ।

उनको मानसिक सन्तुलन नबिग्रेको तर नसा सम्वन्धि औषधि खाने गरेको श्रीमति बताउँछिन्। उनले भारतमा बसिरहने हो भने कोरोनाले मरिन्छ भन्दै सालीलाई बाटो खर्च मिलाई दिन आग्रह गर्दै घर आएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.