रुकुम घटनाका दो,षी उम्कन पाउँदैनन् : कर्णाली प्रहरी

राजेन्द्र कार्की/जाजरकोट : कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जोसुकैलाई पनि का,रवाहीको दायरामा ल्याउने बताए ।

उनले शनिबार घटनास्थलको स्थलगत अवलोकन गरी पीडित परिवारसँग भेटघाट गरेका छन् । पीडित परिवारले घटनाको निष्पक्ष छानविन गरी अपराधमा संलग्नलाई हदैसम्मको का,रवाही हुनुपर्ने माग गरेका छन् ।

छोरा गुमाएका बलबहादुर विकले घ,टनालाई तोडमोड गर्न खोजिएको भन्दै आ,क्रोस पोखेका थिए । उनले आफ्नो छोरालाई कु,टपिट गरेर ह त्या गरी फा लिएको आ रोप लगाएका छन् । डिआईजी पन्तले भने घटनाको निष्पक्ष छानविन हुने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने ‘तपाइँहरु ढुक्क हुनुहोस् । छानविन निष्पक्ष हुन्छ । दो षी सजा यको भागिदार हुन्छ । तपाइँहरुले न्याय पाउनुहुन्छ,’ शनिबार नै हालसम्मको घटनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायव महानिरीक्षक पन्तलाई बुझाएको छ ।

उनले घटनाको सत्यतथ्य छानविन गर्न निर्देशन दिँदै अ,पराधीलाई कुनै पनि हालतमा उम्कन नदिन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताए । डिआईजी पन्तसँगै स्थलगत अवलोकन गर्न घटनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सहितको उपस्थिति समेत रहेको थियो ।-अन्नपूर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.