संखुवासभाका २ जना सं,क्रमितसँग एउटै गाडीमा आएका अन्य ६ जना भोजपुरका

विवेक राई,
भोजपुर, १७ जेठ । संखुवासभाका दुई जना कोरोना सं,क्रमितहरुसँग एउटै गाडीमा आएका अन्य ६ जना भोजपुरको रहेका खुलेको छ । उनीहरु गत १३ गते सुनौली नाकाबाट एउटै गाडीमा आएका थिए ।

कोरोना पुष्टि भएका संखुवासभाका २ जनासँगै आएका ६ जनानै भोजपुरको षडानन्द नगरपालिका १२ का ४ जना र ६ का २ रहेको प्रहरीले जनाएको छ । अहिले उनीहरुलाई अरुण गाउपालिकास्थित होल्डिङ एरिया जरायोटारको रानिटारमा राखिएको जनाइएको छ ।

उनीहरुको भोलि पीसीआर टेस्टका लागि स्वाव संकलन गरेर धरान पठाइने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.