रुकुम घटना : बेपत्ता ६ जनाकै श,व भेटियो

टिकाराम खनाल/रुकुम : रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा बे,पत्ता भएका ६ जना सबैको श,व फेला परेको छ । जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन आएको बेला भएको घटनामा ६ जना बे,पत्ता भएका थिए ।

यसअघि ५ जनाको श,व फेला परेको थियो । शनिबार एक जनाको श,व फेला परेसँगै बेपत्ता सबैको श,व फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

बे,पत्ता भएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको श,व सुर्खेतको मेलकुनामा फेला परेको उनले बताए । अब श,व परीक्षण गरेर आफन्तलाई बुझाइने डिएसपी केसीको भनाइ छ । यसअघि जाजरकोटका भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, सोही ठाउँका गणेश बुढा, लोकेन्द्र शाही र चौरजहारीका टिकाराम सुनारको श,व फेला परेको थियो । गोविन्दबाहेक अरु सबैको श,व पो ष्टमार्ट पछि आफन्तलाई बुझाइएको छ । -अन्नपूर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.