प्रधानमन्त्री ओलीले भने,- पार्टीले जे भन्छ त्यहि मान्छु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले गरेको निर्णय मान्ने बताएका छन् ।

सचिवालय बैठक सकिएलगत्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री ओलीले पार्टीको निर्णयबमोजिम नै अघि बढ्ने प्रतिबद्धता जनाएको स्पष्ट पारेका छन् ।

आज बसेको बैठकमा प्रधानमन्त्रीले एमसीसी चोरबाटोबाट अघि नबढ्ने र पार्टीको निर्णयअनुसार नै अघि बढाईने विश्वास दिलाएको नेता खनालले जानकारी दिए ।

संघीय संसदमा एमसिसी परियोजना विचाराधीन रहेकोले उक्त परियोजना संसदबाट अनुमोदन नहुँदासम्म सो अन्तर्गतका सबै कामहरू रोक्ने पनि आजको बैठले निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।

हालै जारी गरिएको बजेटमा एमसीसी अन्तर्गतका केहि योजना समेटिएको बिषयले विवाद बढेको थियो । विवाद बढेलगत्तै सचिवालय बैठक डाकिएको थियो । आज सम्पन्न बैठकमा एमसीसीकै बिषयमा छलफल गर्न अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र एमसीसीका बिषयमा खरो उत्रिंदै आएका नेता भिम रावललाई समेत डाकिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.