तारा आचार्य
विराटनगर, १७ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशन पछि सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना गरेको छ ।
झापाको कचनकवलका २७ जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नलिएपछि मन्त्री घिमिरे शनिवार विहान अस्पताल पुगेर संक्रमितलाई तत्काल भर्ना गर्न निर्देशन दिनुभएको थियो । कचनकवलबाट राति धरान आईपुगेका २७ जना संक्रमित रातभर अस्पताल बाहिरै बसेका थिए ।
संक्रमितलाई भर्ना गरिएपछि प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक लगायतसंग मन्त्री घिमिरेले भर्ना नगर्नुको कारण र कमजोरीको पहिचान गर्न निर्देशन दिनुभएको छ ।
उहाँले आगामी दिनमा कमजोरी नदोहोरिने वातावरण मिलाउन निर्देशन दिदै यस्ता खालका घटना दोहोरिए कारवाही गरिने चेतवनी दिनुभएको छ । मन्त्री घिमिरेले वीपीमा ३ सय वेडको अस्पताल तयार गर्न निर्देशन दिनुभएका छ ।
उपकुलपति डा।गिरीले वीपीको कोभिड उपचार केन्द्रमा १ सय ५० वेड तयारी अवस्थामा रहेको बताएकै कारण कचनकवलबाट २७ संक्रमित पठाईएको मन्त्री घिमिरेले जानकारी दिनुभयो । तर प्रतिष्ठनको लापरवाहीका कारण संक्रमितहरुले पार्किङ स्थलमा रात विताएका थिए ।
प्रदेश १ मा संखुवासभाका दुई जना कोरोना संक्रमित थपिएसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ५९ पुगेको छ । संखुवासभाका दुइजनाको कोशी अस्पताल विराटनगरको ल्यावमा गरिएको स्वाव परीक्षणका क्रममा पोजिटिभ पुष्टि भएको हो ।
प्रदेश नं. १ को ९ वटा जिल्लाम १ सय ५९ संक्रमितहरु छन् जस मध्ये ३० जना उपचार पछि निको भएर डिस्चार्ज भइसकेका छन् ।
झापा जिल्लामा मात्र १ सय ७ जना संक्रमितहरु छन् भने , उदयपुरमा ३३ , धनकुटामा ७ , मोरङमा ५ , सुनसरीमा २, भोजपुरमा १, खोटाङमा १ , सोलुखुम्बुमा १ र संखुवासभामा नयाँ २ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालय विराटनगरले जानकारी दिएको छ ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगरमा ३४ जनाको उपचार भइरहेको छ भने धरानमा ९४ जनाको उपचार भइररहेको छ ।
संखुवासभका दुईजनालाई विराटनगरस्थित कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।-न्यूज२४
buy generic 100mg viagra online how much is viagra
price of viagra
ed cures cheap ed pills usa
buy ed drugs
cheap ed pills buy ed pills from canada
medication online
ed pills without a doctor prescription ed pills online
buy ed pills
cialis price
cialis and alchohol
plaquenil retinal toxicity
azithromycin for ear infection
plaquenil drug class
gabapentin wiki
Order Viagra Online Canada
where can i buy zithromax uk