सीमा वि,वादमा मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव चीनद्वारा खारेज

काठमाडौं, १७ जेठ । चीनले भारतसँगको सीमा विवादको मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव खारेज गरेको छ । चीनले दुवै देश अस्तित्वमा रहेको सञ्चार संयन्त्रबाट समस्या समाधान गर्न प्रयासरत रहेको जनाउँदै ट्रम्पको प्रस्ताव अस्वीकार गरेको हो ।

‘हामीलाई तेस्रो पक्षको हस्तक्षेप आवश्यक छैन ।’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रष्ट्याए । पूर्वी लद्दाख र सिक्किम क्षेत्र जोड्ने चिनियाँ सीमामा भारत र चीनको सुरक्षाकर्मीबीच तनाव बढेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार दुवै देशको सीमा विवाद मुद्दामा अमेरिका मध्यस्थता गर्न सक्षम, इच्छुक र तयार रहेको बताएका थिए ।

यसअघि नियमित पत्रकार सम्मेलनमा ट्रम्पको मध्यस्थताबारे सोधिएको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले चिनियाँ पक्षसँग शान्तिपूर्ण रुपमा समस्या समाधानका लागि पहल भइरहेको बताएका थिए । उनले दुवै देशसँग सीमा विवाद समाधानका लागि संयन्त्र रहेको बताउनुभयो ।

4 Comments

Leave a Reply

Your email address will not be published.