काठमाडौं । गीत सार्वजनिक भएको छाेटो समयमै भिटेन (समीर घिसिङ) को नयाँ गीत युट्युब ट्रेन्डिङको नम्बर एक स्थानमा पर्न सफल भएको छ। आगामी एल्बम ‘सुपरस्टार’ एल्बमभित्रको पहिलो गीत ‘थाहा छैन’ले एक हप्ता नपुग्दै गीतले दश लाख ३८ हजार भ्युज पाइसकेको छ। उनको एल्बम यही डिसेम्बर २७ मा सार्वजनिक हुनेछ।
र्याप संगीतमा आफ्नो अलग छाप छोड्न सफल भिटेनको यो गीतलाई ७३ हजार जनाले लाइक गरिसकेका छन्। यो समाचार तयार पार्दासम्म पाँच सातसय पन्ध्र जनाले गीतमा प्रतिक्रिया जनाएका छन्, जसमा गीत र भिटेनको गायन शैलीको प्रशंसा गरिएको छ।
भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने जुन गीतमा अश्लील शब्दहरू प्रयोग गरिएको आरोपमा गत कात्तिक महिनाको पहिलो हप्ता पक्राउ परेका थिए। रिहाइपछि सार्वजनिक यो नै उनको पहिलो गीत हो।
उनका कतिपय गीत करोडभन्दा बढी हेरिएको रेकर्ड छ। एक वर्षअघि रिलिज ‘सिमसिमे पानीमा’ गीत ३० लाखचोटि हेरिएको छ। नौ महिनाअघि रिलिज ‘साइको’ गीत ८० लाखपटक हेरिएको छ।
वर्षदिनअघिको ‘हालखबर’ गीत १ करोड १० लाख, दुई वर्षअघिको ‘मान्छे खत्तम’ १ करोड २० लाख र ‘नेपाली तारा’ धर्मेन्द्र सेवनसँग मिलेर गाएको ‘कथा’ १ करोड १० लाखभन्दा बढी ‘भ्यूज’ पाउन सफल छ। उनको युट्युब च्यानल पछ्याउने दर्शक नै ६ लाख ७२ हजार छन्।
cheap viagra online where can i buy viagra over the counter
price of viagra
order ed pills order ed pills
buy ed drugs
cheap ed pills in mexico order ed pills
erectile dysfunction pills
ed pills online buy ed pills
cheap ed pills from india