काठमाडौं, मंसिर १९ । मंसिर २७ वा २८ गते स्थायी र पुस ३ गते केन्द्रीय समितिको बैठक बोलाउने प्रचण्डको तयारी छ। बैठकको तयारीकै क्रममा प्रचण्डले महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे र भीम रावलसँग एक्लाएक्लै छलफल गरेका छन्।
मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सक्रियता देखाउन थालेका छन्।
बुधबार पार्टी सचिवालयको बैठक राखेका उनले स्थायी र केन्द्रीय समिति बैठक पनि आयोजना गर्ने तयारी थालेका छन्।
मंसिरभित्रै स्थायी समिति र पुस पहिलो साताभित्र केन्द्रीय समितिको बैठक बोलाउने गरी उनले तयारी तीव्र पारेका हुन्।
बैठकको तयारीकै क्रममा अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे र भीम रावलसँग एक्लाएक्लै छलफल गरेर राय लिइसकेका छन्। यस्तै गएको एक हप्ताको बीचमा केन्द्रीय सदस्यहरु झकबहादुर मल्ल, विष्णु रिजाल, रमेश मल्लसँग पनि प्रचण्डले छलफल गरिसकेका छन्।
नेकपाका एक स्थायी समिति सदस्यका अनुसार प्रचण्डले मंसिर २७ वा २८ गते स्थायी र पुस ३ गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको आफुनिकट नेताहरुलाई जनाउ दिएका छन्।
प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली अपेन्डिसाइटिसको उपचारमा रहेकै बेला मंसिर १५ गते अस्पतालमै भेट गरेर प्रचण्डले निस्क्रिय रहेका पार्टी कमिटीहरु सक्रिय बनाउने विषयमा छलफल गरेका थिए। त्यसपछि उनले अन्य नेताहरुसँग छलफल तीव्र बनाएका हुन्।
पूर्व–एमाले र माओवादीबीच केन्द्रमा पार्टी एकता घोषणा गरेको ६ महिनापछि एक पटक स्थायी समितिको बैठक बस्न सकेको थियो।
२०७५ मंसिर २९ गते बसेको सो स्थायी समितिको बैठकको एक वर्षपछि अर्को बैठक बस्न लागेको हो।
त्यस्तै पार्टी एकता घोषणा गरेकै दिन २०७५ जेठ ३ गते एकपटक मात्रै केन्द्रीय समितिको बैठक बसेको थियो। दुई दलका नेताहरुबीच परिचयात्मक कार्यक्रममा सीमित सो बैठकपछि केन्द्रीय समितिको अर्को बैठक बसेको छैन। लामो समयदेखि पार्टीको केन्द्रीय समितिको बैठक नराखेको र महत्वपूर्ण निर्णयहरुमा आफूहरु मूकदर्शक मात्र हुनुपरेको भन्दै नेतृत्वप्रति पार्टीपंक्ति भित्रैबाट चर्को असन्तुष्टी व्यक्त भइरहेको छ।
नेकपाको स्थायी समिति ४२ सदस्यीय र केन्द्रीय समिति ४४५ सदस्यीय रहेको छ। नेकपाभित्र १४५ सदस्यीय पोलिटब्यूरो बनाउने भनिए पनि नेताहरुबीच सहमति नजुट्दा अहिलेसम्म गठन हुन सकेको छैन। यसैबीच अध्यक्ष प्रचण्डले पोलिटब्यूरो गठनको पनि तयारी थालेको बताइएको छ।
पार्टीको पोलिटब्यूरो गठन, स्थायी र केन्द्रीय समिति बैठक आह्वानका विषयमा छलफल गर्न मंसिर २३ गते विहान ९ बजे नेकपाको सचिवालय बैठक बस्दैछ। बैठकले स्थायी समिति, केन्द्रीय समितिको बैठकको मिति तय गर्नुको साथै पोलिटब्यूरो गठनको प्रस्ताव पनि पास गराउने प्रचण्डको योजना रहेको उनी निकट केन्द्रीय सदस्य झकबहादुर मल्लले बताए।
तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर नेकपा बनेको १८ महिना पुगिसक्दा पनि केन्द्रीय समितिको बैठक जम्मा एक पटक मात्रै बसेको छ ।
‘संभवतः मंसिर २७ गते नै स्थायी समिति बैठक बस्नेछ, त्यसमा केही हेरफेर हुँदा २८ गते बस्ने तयारी छ,’ प्रचण्डनिकट ती स्थायी समिति सदस्यले भने।
प्रचण्डले स्थायी समितिको सोहि बैठकबाट पार्टी विधान संशोधन गराएर वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको निर्णय कार्यान्वयनमा ल्याउन चाहेको स्रोतहरुले जनाएका छन्।
साउन अन्तिममा बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने निर्णय गरेको थियो।
यसैगरी प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने मंसिर ४ को सचिवालय बैठकको निर्णयलाई पनि स्थायी समितिको सोहि बैठकबाट अनुमोदन गराइनेछ।
पार्टीको कार्यकारी अध्यक्षको भूमिका पाएपछि प्रचण्डको अध्यक्षतामा बुधबार पहिलोपटक बसेको सचिवालयको बैठकले शनिबार उपचुनाव भएका ३७ जिल्लालाई निर्वाचनको समीक्षा गरी दुईदिनभित्र रिपोर्ट केन्द्रमा पठाउन निर्देशन दिएको थियो।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारमा अस्पतालमा रहेकै बेला बसेको सो बैठकले दीर्घकालीन महत्वको कुनै निर्णय भने गरेन।
अब मंसिर २३ गते अध्यक्ष ओलीसहितको सचिवालय बैठक बस्नेछ। सोही बैठकबाट आफ्ना दीर्घकालीन योजनाहरुको अनुमोदन गराउने प्रचण्डको तयारी छ। त्यस्ता योजनाहरूमा पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने, बाँकी रहेका विभागहरूको विवादरहित गठन गर्ने र देशव्यापी अभियान लैजाने रहेको स्रोतहरूले जनाएका छन्।
एकतापछि पनि पार्टीभित्र पूर्व–एमाले र पूर्व–माओवादी केन्द्रको छुट्टै क्रियाशीलता देखिएपछि प्रचण्डले त्यसको अन्त्य गराउन आवश्यक देखेको स्थायी समिति सदस्य मणि थापाले बताए। पार्टी एक भए पनि सबै नेता कार्यकर्ताको मनमुटु नमिले त्यसले गम्भीर दुष्परिणाम निम्तने विश्लेषण गरेर प्रचण्डले त्यो रोक्न चाहिरहेको थापाले बताए।
प्रचण्डले देशव्यापी अभियान सञ्चालन पनि गर्न खोजिरहेका छन् । ७७ जिल्लामै एकताको सन्देश दिन र संगठनलाई चुस्त बनाउन त्यस्तो अभियान जरुरी रहेको उनको ठहर छ।
मंसिर ४ गते अध्यक्ष तथा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सरकार र पार्टी सञ्चालनबारे सहमति बनेको थियो। सहमति अनुसार ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा पार्टी चलाउने उल्लेख छ। सोहीअनुसार प्रचण्डले एकतापछि सक्रीय हुन नसकेको पार्टीलाई चलायमान बनाउन अग्रसरता लिएको उनीनिकट नेताहरुको भनाइ छ।
चुस्त संगठनात्मक प्रणालीबाट अघि बढेको तत्कालीन एमाले र प्रचण्डको एकल कमाण्डबाट संचालित हुँदै आएको माओवादी केन्द्रको पार्टी सञ्चालन पद्धतिमा चुनौति आइपर्न सक्ने आँकलन गर्दै प्रचण्डले अब त्यसलाई निश्चित विधि र पद्धतिअनुसार अघि बढाउने योजना बनाएको थापाले बताए। यसो गर्दा पार्टीभित्रको प्रभावशाली माधव नेपाल समूहको पनि समर्थन प्राप्त हुने विश्वास प्रचण्डमा देखिन्छ।
एकता भएपनि अध्यक्ष तथा प्रधाामन्त्री ओली र आफूबीचमा जिम्मेवारीको बाँडफाँट नभएपछि एकवर्ष प्रचण्डले सांगठनिक काममा उल्लेखनीय भूमिका पाएका थिएनन्। अब भने उनी समग्र पार्टी संयन्त्रलाई क्रियाशील गराउने अभियानको योजना बनाइरहेका छन्।-सागर न्यौपाने/नेपाल खबर
viagra cost per pill viagra over the counter walmart
100mg viagra
buy ed pills over the counter erectile dysfunction pills
cheap ed pills from india
cheap ed pills from india order ed pills
order ed pills
buy ed pills order ed pills
ed devices