भक्तपुरमा आज बेलुका सम्ममा तीन जना कोरोनाबाट मुक्त

रामगोपाल तमखु

भक्तपुर जेठ १५ । भक्तपुरकी एक वडा सदस्य कोरोना भाइरसबाट मुक्त भएर घर फर्किएका छन् ।

भक्तपुर वडा ९ की वडा सदस्यमा कोरोना भाइरसको दोस्रो पटकको परिक्षण पनि नेगेटिभ आएपछि आज बिहीबार उनी घर फर्कीएका वडाअध्यक्ष रबिन्द्र ज्याख्वले जानकारी दिएका छन् ।

भक्तपुर जिल्लामा हालसम्म ४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । संक्रमितमध्य आज बेलुका सम्ममा ३ जना कोरोना संक्रमनबाट मुक्त भएर घर फर्किएकी छन् ।

नगरपालिकाले स्वाब संकलन गरेको तेस्रो दिनमा वडा नं. ९ तुमचो दुगुरे बस्ने ४२ वर्षीया जनप्रतिनिधि वडासदस्यको कोराना भाइरस परीक्षणमा पोजेटिभ भएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ९ गते शुक्रवार पुष्टि गरेको थियो ।

उनलाई ९ गते राति नै पाटन अस्पतालको कोभिड आइसीयु ब्लकमा भर्ना गरिएको थियो । उनको पाटन अस्पतालमा बुधबार र बिहीवार गरिएको परीक्षणमा दुई पटको नै निगेटिभ परिणाम आएपछि आज अस्पतालले डिस्चार्ज गरेको हो ।

भक्तपुर नगरपालिकाको जनस्वास्थ्य केन्द्रमा हालसम्म १६८ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरिसकेको छ , जसमध्य १२० जनाको नतिजा आइसकेको छ । तिनीहरुमध्य १ जनाको नतिजा पोजेटिभ आएको थियो भने ११९ जनाको नेगेटिभ आएको वडाअध्यक्ष ज्याख्वले जानकारी दिएको।

Be the first to comment

Leave a Reply

Your email address will not be published.