सिन्धुपाल्चोक । संविधानले व्यवस्था गरे अनुसार सिन्धुपाल्चोकका गाउँपालिका मध्ये सुनकोशी गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेर सबै वडामा खटाएको छ । जिल्लाका नौ गाउँपालिका मध्ये सुनकोशी गाउँपालिकाले पहिलो पटक गाउँ प्रहरी कार्याविधि २०७६ अनुसार सुरुमा नौ जना प्रहरी भर्ना गरेर सातै वडामा खटाएको छ ।
कार्यविधि अनुसार सुरुमा सात प्रहरी जवान र दुइ हवलदार गरेर नौ जना गाउँप्रहरी भर्ना गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसी(विनोद) ले जानकारी दिए ।
गाउँपालिकाको न्यायिक समितिले गरेका निर्णयहरु कार्यन्वयनमा सहयोग पु¥याउन,गाउँमा हुने झै झगडा स्थानीय स्तरमा नै मेलमिलाप गराउन र नेपाल प्रहरीसँग समन्वय गरेर पालिका भित्र शान्ति सुरक्षा कायम गर्ने उदेश्यले गाउँ प्रहरी भर्ना गरिएको अध्यक्ष जिसीले जानकारी दिए ।
गाउँपालिका भित्रका सात वडामा एक/एक जना प्रहरी खटाइने छ भने हवल्दार र एक इञ्चार्ज गाउँपालिकाको केन्द्रमा राखिएको अध्यक्ष जिसीले बताए । ‘हाल सबै वडामा एक÷एक जना प्रहरी पठाएका छाैँ, आवश्यकता अनुसार अरु प्रहरी पनि भर्ना गर्ने छौँ’ अध्यक्ष जिसीले भने–‘यसको प्रभावकारिता बढ्दै गयो भने हामी अरु पनि थप गर्ने छौ ।’
संविधानले स्थानीय सरकारलाई आवश्यकता अनुसार नगर प्रहरी र गाउँ प्रहरी भर्ना गरेर राख्न सक्ने अधिकार दिएको छ । संविधानले दिएको अधिकार अनुसार नै आफुहरुले यो व्यवस्था गरेको सुनकोशी गाउँपालिका–१ का अध्यक्ष नेत्र कार्कीले जानकारी दिए । वडा स्तरमा भएको मेलमिला केन्द्रबाट भएका फैसला र गाउँपालिकाको न्यायिक समितिले गरेका निर्णयहरु कार्यन्वयन पनि गाउँ प्रहरीले गर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
अहिले एक जना मात्रै भएपनि वडा कार्यालयमा बसेर वडाका सबै बस्तीहरुमा पुगेर त्यहाँको अवस्था लगायत अन्य कार्यहरुमा सहजिकरणका लागि गाउँ प्रहरी आवश्यक रहेको सुनकोशी गाउँपालिका–६ का अध्यक्ष रामकुमार थापाले जानकारी दिए ।
गाउँपालिकाको केन्द्रमा रहने प्रहरीहरुले भने कार्यालयमा आउने सेवाग्राहीहरुलाई समेत सहयोग गर्ने गरेर आफुहरुले व्यवस्था मिलाएको गाउँपालिका का प्रमुख कार्यकारी अधिकृत बिरबहादुर बस्नेतले जानकारी दिए ।
नेपाली सेनाको सेवा निवृत्त कर्मचारीहरुले दुइ साताको तालिम गाउँ प्रहरीलाई प्रदान गरेका थिए । तालिम पछि सबैलाई नियुक्ती दिएर खटाएको गाउँपालिकाले जानकारी दिएको छ । नियुक्त भएका गाउँप्रहरीहरुलाई गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले दज्र्यानी चिन्ह समेत वितरण गरेका थिए।
गाउँ प्रहरीको छुट्टै पोशाकको समेत गाउँपालिकाले नै व्यवस्था गरेको छ । जिल्लाका १२ स्थानीय तह मध्ये बाह्रविसे नगरपालिकाले यसअघि नै नगर प्रहरी भर्ना गरेर नगरमा खटाएको छ । अन्य गाउँपालिका र नगरपालिकाले भने अहिलेसम्म नगर/गाउँ प्रहरी भर्ना गरेका छैनन् ।
tadalafil generic online – generic tadalafil online buy tadalafil generic online
finasteride generic – http://finasteridepls.com/ propecia eye problems
how much does propecia cost without insurance – http://propechl.com/ how long for finasteride to work
tadalafil generique – http://xtadalafilp.com/ tadalafil generic name
Tfphji – Buy cheap viagra internet buy viagra washington dc
Zdddtg – provigil generic Gyagcw avpyxm
Rschdv – furosemide for sale Jcbpdi honwwe