पछिल्लो २४ घण्टामा प्रदेश २ मा ७६ जना नयाँ कोरोना सं,क्रमितहरु थपिए

घनश्याम मिश्र,
जनकपुर, १५ जेठ । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ७६ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । सप्तरी जिल्लाका १४ जना, सिराहा जिल्लाका ६ जना, धनुषा जिल्लाका २८ जना, महोत्तरी जिल्लाका १८ जना र रौतहट जिल्लाका ३ जना गरी कुल ७६ जना नयाँ कोरोना संक्रमितहरु थपिएका हुन् ।

योसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितहरुको संख्या ४०० जना सय पुगेको छ । सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिकास्थित चन्द्रा नमुना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुको यही जेठ ६ गते स्वाव संकलन गरिएको थियो ।

सोही क्रममा बोदेबर्साइन नगरपालिकाका १८, १९, २१, २७, २९, ३०, ३०, ३३, ३६, ३७, ४२ र ४७ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिकाका ३२ वर्षीय पुरुष र पर्सा जिल्ला घर भई हाल सप्तरी जिल्लामा कामको सिलसिलामा बस्दै आएका अर्का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमित सवै जना छिमेकी मुलुक भारतबाट आएको र उनीहरुलाई आए लगत्तै स्थानीय क्वारेन्टाइनमा राखिएको खुल्न आएको छ ।

सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा रहेको जय माध्यमिक विद्यालयमा गत जेठ ६ गते गरिएको स्वाव संकलनको रिपोर्टको आधारमा १८ वर्षीय ३ जना, ३५ वर्षीय २ जना र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । सिराहामा कोरोना पुष्टि भएका ६ जना पुरुषहरु छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ ।

धनुषाका जनक नन्दिनी गाउँपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस अगाडि पनि धनुषा जिल्ला घर भई काठमाडौं बस्दै आएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

धनुषामा बस्दै आएका उनका परिवारलाई होम क्वारेन्टाइनमा राखेर स्वाव संकलन गरिएको थियो । सोहीक्रममा ४, १४, २७ र २८ वर्षीया महिला तथा अन्य ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यसैत्रीच लक्ष्मीनिया गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ८ जना पुरुषहरुमा कोरोना पुष्टी भएको छ । उनीहरु पनि छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ । त्यस्तै धनुषाकै २२ वर्षीया महिला र २१, २५, २८, ३१, ३१ र ७० वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।

यता महोत्तरीस्थित जलेश्वर नगरपालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षीया महिला, २०, २०, २१, २१, २१, १५, १९, २२, २६, २३, ४५, १८, २१, १९, ३७ वर्षीय पुरुषहरु र उमेर खुल्न नसेकेको एक जना पुरुषमा कोरोना पुष्टी भएको छ ।

सर्लाहीको मलंगहवा नगरपालिकाको पब्लिक माध्यमिक विद्यालयको कर्भट हलको क्वारेन्टाइनमा बस्दै आएका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्वर ६ मा रहेको मुडबलवा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका २१, २४, ३०, ३० ३० वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.