कोरोना जितेका युवक भन्छन्- आत्मविश्वासले कोरोना जितिने रहेछ

कैलाली । १६ दिन सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बसेर कोरोना जितेर घर फर्किएका थिए लम्किचुहा-७ का २१ वर्षीय युवक ।

चैत्र २३ गते आइसोलेसनमा भर्ना भएका उनी वैशाख ७ गते डिस्चार्ज भए । निको भएको एक महिना बितिसक्दा पनि उनी अझै सामाजिक दुरी पालना गरेर बस्छन् । उनी अहिलेसम्म आफन्तको घरमा पुगेका छैनन् र उनको घरमा पनि प्रायः आफन्तहरु आउँदैनन् । उनलाई भेट्न आउँनेहरु परै बस्छन् ।

‘म निको भएर घर फर्किसकेपछि अहिलेसम्म पनि सबै सँगै बसेको छैनौं,’ उनी भन्छन्, ‘एउटा अर्काे घर छ त्यहाँ म एक्लै बस्छु । खाना खाँदा मात्रै सबैसँग भेट हुन्छ । त्यसपछि फेरि छुटिन्छौँ ।’

दरिलो आत्मविश्वासले कोरोना पराजित गरेको बताउने उनी अरुलाई पनि यस्तै सुझाव दिन्छन् ।-भानुभक्त आचार्य/अनलाइन खबर

3 Comments

1 Trackback / Pingback

  1. keto crotch article

Leave a Reply

Your email address will not be published.