नयाँ सं,क्रमित नभेटिएपछि भुल्के क्षेत्रको ‘सिल’ हट्यो

अभिमन्यु लामिछाने

उदयपुर, १५ जेठ । उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा गत बैशाख ५ गते पहिलोपटक १२ जनामा कोरोना सं,क्रमण देखिएपछि सिल गरिएको भुल्के क्षेत्र एक महिना नाै दिनपछि सामान्य अवस्थामा ल्याइएको छ ।

त्यस क्षेत्रका शं,कास्पद व्यक्ति, वस्ती, सं,क्रमित बाट उच्च जो,खिममा रहेकाह व्यक्ति र उनीहरूकाे सम्पर्कमा रहेकालाई बारम्बार परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि सो क्षेत्रको सिल हटाइएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

भुल्केमा ३२ जना १ जना सञ्चारकर्मीसहित उदयपुर जिल्लाभरिमा ३३ जना कोरोना सं,क्रमित भेटिएको थियो । जसमध्ये भुल्केका ३२ जना भने निको भएर घर फर्किएका छन् । समुदाय बाहिरबाट फेला परेको १ सञ्चारकर्मीको प्रादेशिक अस्पताल विराटनगरमा उ,पचार भैरहेको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.