छिमेकीहरुका लागि भारत खतरा बन्दै : पाकिस्तानी प्रधानमन्त्री खान

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार भारत–छिमेकीहरुका लागि खतरा बन्दै गइरहको भन्दै ट्वीट गरेका छन् ।

प्रधानमन्त्री इमरानले आफ्नो ट्वीटरमार्फत हिन्दूत्ववादी चरमपन्थी मोदी सरकारले अहंकारी विस्तारवादी नीति नाजीको लेबन्स्राम (लिभिंग स्पेस) को समान रहेको भन्दै भारत–छिमेकीहरूका लागि खतरा बन्न गइरहेको आरोप लगाएका छन् ।

इमरान खानले भारतले नेपाल र चीनसँगको सीमा विवादमा संलग्न भएर र नागरिकता ऐनमार्फत बंगलादेशलाई खतरामा पारेको छ । यता पाकिस्तानलाई फल्स झण्डा सञ्चालन गर्ने धम्की दिएको भन्दै उनले ट्वीट गरेका छन् ।

उनले ट्वीटरमा थपे, “मैले सधैं नै फासीवादी मोदी सरकारलाई भारतको अल्पसंख्यकलाई दोस्रो वर्गका नागरिकको दर्जामा धम्की दिने मात्र नभई क्षेत्रीय शान्तिलाई पनि खतरामा राखेको छु ।”

Be the first to comment

Leave a Reply

Your email address will not be published.