गड्डाचौकी नाका हुँदै भारतबाट ८ हजार बढी नेपाली भित्रिए, ‘अब अवसर देश भित्रै रोजगारीको’

शीतल भट्ट,

(बेलौरी) कञ्चनपुर, १४ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका (नेपाल–भारत) दुवै देशमा दुई महिनादेखि लकडाउन गरिएको छ ।

नेपालमा ११ चैत ०७६ मा लकडाउनसंगै सीमा क्षेत्रमा वैधानिक रुपमा आवतजावत बन्द गरिएको थियो । औपचारिक रुपमा नेपाल भारत प्रवेशको मुख्यद्वार कञ्चनपुरको गड्डाचौकी बन्द गरिएपनि आउनेक्रम भने रोकिएको थिएन् ।

लकडाउन यता १३ जेठ ०७७ सम्म तीन साताको अवधिमा लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएन् । स्वयम गड्डाचौकी नाका भएर लकडाउन पछि चैत महिनामै ६ दिन नेपाली प्रवेश गरेका थिए ।

११ चैत ०७६ देखि १८ चैत्रसम्म विभिन्न मितिमा ६ दिन एक हजार २ सय ५९ जनाले नेपाल प्रवेश गरेका थिए । चैतमा क्रमशः ११ मा ५ सय २२, १२ मा १२०, १३ मा ७८, १५ मा १ सय ३१, १६मा ३३७, १८मा ७२ जना गरी एक हजार २ सय ५९ जनाले प्रवेश गरेका हुन् ।

१८ चैत ०७६ देखि कञ्चनपुरको १ सय २९.५ किलोमिटर सीमा पूर्ण सिल गरियो । त्यसयता कोही पनि नेपाली प्रवेश गर्न पनि पाएनन् । भारतीयले पनि भारत प्रवेश गर्न पाएनन् ।

सशस्त्र प्रहरी बलले सरकारको निर्देशन अनुसार १८ चैतदेखि २८ बैशाख ०७६ सम्म सीमा नाका पूर्ण सिलबन्द ग¥यो । ४० दिन जिल्लाको नाका पूर्ण सिलबन्दी भयो ।

भारतमा अन्तर प्रदेशमा यातायात खुलागरेसंगै २८ बैशाख ०७७ देखि नेपालीहरु ह्वात्तै र भारतीय पनि छिटपुछट स्वदेश फर्किन थाले । सीमा क्षेत्रमा थोक्नै नसकिने भीडभएपछि जहाँको सीमा क्षेत्र पुगेका नेपालीलाई त्यही रोकेर सम्बन्धित पालिका र जिल्लामा पठाइयो ।

२८ बैशाखदेखि ११ जेठ ०७७ सम्म विभिन्न मितिमा तीन हजार ४ सय ६१ नेपालीले मातृभूमि प्रवेश गरे । १३ दिनको अवधिमा कञ्चनपुरका विभिन्न नाका भएर तीन हजार ४ सय ६१ जना नेपालीले जिल्ला प्रवेश गरेका छन् ।

२८ बैशाख ७५, २९मा १६९, १ जेठमा ३, ३मा ६३, ४ मा ६०, ५ मा १५, ६मा ४२०, ६मा २१७, ८मा २६५, ९मा २७६, १०मा एक हजार ७ सय ४९ जनाले प्रवेश गरेका हुन् । १२ जेठमा दुई हजार ७ सय ५४ र १३ जेठमा ६सय ९५ जनाले नेपाल प्रवेश गरेका छन् ।

भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनका लागि स्थानीय प्रशासनले १२ जेठदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रवेश गर्न अनुमति दियो । अनुमति दिएसंगै दुई दिनको अवधिमा तीन हजार ४ सय ४९ ले नेपाल प्रवेश गरे ।

२१ दिनको अवधिमा ८ हजार १ सय ६९ जना नेपालीले नेपाल प्रवेश गरेका छन् भने ३ सय २६ जना भारतीयले भारत प्रवेश गरेका छन् । नेपालबाट भारत प्रवेश गरेका भन्दा भारतबाट नेपाल प्रवेश गर्ने २४ गुणा बढि रहेको पाईएको छ ।

तीन साताको अवधिमा ८ हजार बढि नेपालीले कञ्चनपुरका विभिन्न नाका भएर नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेका केहीको पीसीआर परीक्षण गरिएको छ ।

केहीको आरडीटी र अधिकाँसको ज्वरो नापेर पठाइएको छ । १२ जेठदेखि गड्डाचौकी नाकाबाट प्रवेश गराइएकाहरुको ज्वँरो नापेर सम्बन्धित स्थानीय तह र जिल्लामा पठाईएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले पीसीआर सम्भव नभएकाले सीमा क्षेत्रमा ज्वरो नाप्ने र १०२ डिग्री बढी ज्वँरो देखिएपछि उनीहरुको -यापिड टेष्ट गर्ने र -यापिड टेष्ट पोजिटिभ देखिए तत्तकाल स्वाब नमुना संकलन गरेर परीक्षणको तयारी गरिएको बताउनुभयो ।

दुईदिनदेखि वैधानिक नाका संचालनमा आएपछि अन्य कुनैपनि नाकाबाट नेपाली प्रवेश नगरेको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह शाहले वैधानिक नाका सञ्चालन आएसंगै अन्य सीमा क्षेत्रबाट आउजाउ पूर्ण बन्द गरिएको बताउनुभयो ।

भारतीय भन्दा नेपालीलाई सीमा क्षेत्रमा बढि सकस भएको छ । तीन साताको अवधिमा नेपालबाट भारत जाने भन्दा भारतबाट नेपाल आउनेको २४ गुणा बढी छ । यस तथ्याङ्कलाई समाजशास्त्रका प्राध्यापकले नेपालमा बेरोजगारी एव नेपाली आत्मनिर्भरतर्फ उन्मुख नभएको संज्ञा दिएका छन् ।

महेन्द्रनगर स्थित जनज्योति बहुमुखी क्याम्पस समाजशास्त्रका प्राध्यापक बीरेन्द सिह साउदले नेपालमा रोजगारी नभएकै कारण भारतमा नेपालीको संख्या बढि रहेको बताउनु भयो ।

नेपालमा रोजगारीका केन्द्र छैनन, ‘उहाँले भन्नुभयो, ‘हामी आत्मनिर्भर तर्फ उन्मुख समेत भएका छैनौँ ।’ अब नेपालले आत्मनिर्भर बन्नका लागि कृषि उत्पादनमा लगानी बृद्धि गर्नुपर्ने र स्वदेशमै रोजगारीका कार्यक्रम सृजना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.