४७ जिल्लामा फैलियो कोरोना भा,इरस, कुन जिल्लामा कति सं,क्रमित ? (तथ्यांकसहित)

काठमाडौं । बुधबारसम्म कोरोनाभा,इरसको सं,क्रमण देशका ४७ जिल्लामा देखिएको छ।

बुधबार रुकुम पूर्वमा समेत कोरोनाभा,इरसको सं,क्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभा,इरस सं,क्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी सं,क्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् ।

बुधबारमात्रै ११४ जना कोरोना सं,क्रमित थपिएसँगै नेपालमा कूल संक्र,मितको संख्या ८८६ जना पुगेको छ।
यस्तै १८३ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका गरी ४ जनाको मृ त्यु भएको छ ।

यसैबीच हालसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडिटी विधिबाट १ लाख २ सय ८७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय ८० र आरडिटी विधिबाट २ हजार ३ सय २० जनाको नमुना परीक्षण भएको छ ।

विवरण हेर्नुहाेस्


-रातोपाटीबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.