जब भारतीय अर्थमन्त्रीले भनिन्, ‘म धेरै प्याज खा दिनँ, चि न्ता नलिनु

एजेन्सी । अहिले नेपाल मात्र होइन छिमेकी मुलुक भारतमा पनि प्याजको चर्चा छ। प्याजको भाउ उकालो लाग्न थालेपछि महंगी नियन्त्रणका लागि भन्दै भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। नेपालमा पनि प्याजको उत्पादन न्यून हुने भएकाले भाउ ह्वात्तै बढेको छ।

यसै सन्दर्भमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आफू लसुन प्याज धेरै उपभोग नगर्ने परिवारबाट आएको बताएकी छिन्।

 

लोक सभामा राष्ट्रवादी कंग्रेस पार्टीकी सांसद सुप्रिया सुलेले सीतारमणलाई भारतमा प्याज उत्पादनमा किन कमी आएको भन्ने प्रश्न गरेकी थिइन्। जवाफमा मन्त्री सीतारमणले भनिन्, ‘म धेरै प्याज र लसुन खादिनँ, त्यसैले चिन्ता नलिनुहोस्। म यस्तो परिवारबाट आएको हुँ जसले प्याजको धेरै ख्याल राख्दैन।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.