गुलरियाकाे क्वारेन्टाइनमा रहेका ५५ वर्षीय पुरूषकाे मृ त्यु, ६ दिन पैदल हिँडेर आएका थिए

ज्याेतिकुमार पन्थी

गुलरिया, १४ जेठ । बर्दियाकाे गुलरियास्थित बबई बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा रहेका एक ५५ वर्षिय पुरूषकाे मृ’त्यु भएकाे छ ।

अछामबाट ६ दिन पैदल हिँडेर मंगलबार राति बर्दिया पुगेका ती पुरूष गुलरिया नगरपालिका वडा नं ९ का बासिन्दा हुन् । कामका लागि अछाम पुगेका उनी मंगलबार राति नै गुलरियाकाे बबई बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा पुगेका थिए ।

मंगलबार राति क्वारेन्टाइनमा राखियका उनी बुधबार बिहान मृ त अवस्थामा फेला परेकाे गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए । उहाँले अहिले मृ तककाे स्वा ब प रिक्षण गर्ने तयारी भइरहेकाे जानकारी दिए ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.