थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

काठमाडौं । कोरोना निको हुनेको संख्या १७६ पुगेको छ। मंगलबार थप २१ जना निको भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १७६ पुगेको हो ।

नारायणी अस्पताल कोराेना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ४ महिलासहित २१ जनाले कोरोना जितेको बताए । उनीहरु सबै वीरगन्ज महानगरपालिकाको रहेको र मंगलबार राति डिस्चार्ज गरिएको उनको भनाइ छ ।

हालसम्म नेपालमा ७७२ जनामा कोरोना पुष्टि भएकोमा यो संख्यामा निको भएका हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.