भारतीय क्वारेन्टाइनमा नेपालीका कथा-व्यथा : कालकाेठरीमा बसेजस्ताे

रिदम सिंह

बझाङ, १३ जेठ । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भा,इरस अर्थात् कोभिड–१९ नि यन्त्रण गर्न विभिन्न देशहरूले लकडाउन जारी राखेका छन् । नेपाल र भारतमा पनि एकै समयमा यसको सं क्रमणबाट बच्न लकडाउन सुरु भयो । यो अवधिमा स्वदेश तथा विदेशमा लाखौँ नेपालीहरु बीच बाटोमै अ लपत्र परे । तिनैमध्येकी एक हुन्– थलारा गाँउपालिका वडा नं २ की विन्दु अधिकारी बोहरा ।

स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भन्दै विन्दु मंसिरको पहिलो साता भारतको फरीदावाद गइन् । उपचारका लागि भारत गएकी विन्दुले नेपाल फर्कंदा यस्तो दुःख पाइन्छ होला भन्ने कल्पना पनि गरेकी थिइनन् । फरिदावादमा उनका श्रीमान् विकास बोहरा एक होटलमा काम गर्नुहुन्थ्यो । काम ठिकठाक चलिरहेको थियो । तर भारतमा कोरोना भाइरसका कारण मार्च २२ तारिखमा अचानक लकडाउन भयो ।

लकडाउनसँगै अब उनको दैनिकी कष्टकर बन्न पुग्यो । लाखौँ नेपालीहरुको जसैैगरी उनको पनि रोजगारी गुम्यो । लकडाउनपछि वर्षैभरि भारतमा स–साना होटेल, रेस्टुरेन्ट, ढावा चौकीदारी तथा विभिन्न क्षेत्रमा दैनिक मजदुरी गर्दै आएका नेपाली कामदारहरू समस्यामा परे ।

‘कोरोनाका कारण सीमानाका बन्द भएपछि हामीहरु कोठामै बस्यौं । कतिपयका मालिकले विना जानकारी फोन स्विच अफ गरेर घरमै बसे भने कतिपयले खानबस्नको व्यवस्था आफैँले मिलाउनू भनेर घर गए,’ काम बन्द भए पछिको समस्या सुनाइन् उनले । उनका श्रीमान पनि समस्यामा परे । दुबैले अब यता बस्नु ठिक छैन भन्ने सोचेर नेपाल फर्कने सोच गरे ।

फरिदावादमा रहेका नेपालीहरुसंग सम्पर्क गर्दा सबै घर जाने तयारीमा भएपछि उनीहरु पनि घर फर्कन बस चढेर नेपालको यात्रा सुरु गरे । तर नेपाल पुग्न नपाउँदै भारतीय प्रसासनले भारतको बरेलीबाट उनीहरुको गाडी नियन्त्रणमा लिएर रामपुरको क्वारेन्टाइनमा राख्यो । उनी लगायत ९३ नेपाली ५५ दिन रामपुरको क्वारेन्टाइनमै बसे ।

क्वारेन्टाइन बसाइका दिन सम्झँदै विन्दुले भनिन्, ‘यस्तो दुःख मेरो शत्रुलाई पनि नपरोस् । भारतिय प्रहरीको व्यवहार, खाना, पिउने पानी, बसाइको अवस्था हेर्दा जेल जीवन बिताइरहेको आभास हुन्थ्यो । स्कुलको सानो हलमा १ सय भन्दा बढी जना हामीलाई भेडाबाख्रा कोचेजसरी राख्यो । दुई महिने क्वारेन्टाइनको बसाइ दुई बर्षजस्तै लाग्यो ।’ स्वदेशमै एक जिल्लाबाट अर्को जिल्लामा मजदुरी गर्न गएकाहरु पनि अलपत्र परेको ७÷८ दिन हिँडेर घर फर्किरहेको समाचार सुन्दा र भिडियोहरु हेर्दा धेरै दुस्ख लाग्ने गरेको उनले सुनाइन् । ‘आफ्नै देशमा त यस्तो अवस्था छ, भने हामी त अर्काको देशमा छौँ अब मरिन्छ कि भनेर चिन्ता लाग्थ्यो,’ उनले भनिन् ।

पाँच महिने ग र्भ खे र गयो

यस्तै तितो अनुभव थलाराकै सरस्वती नेपालीको पनि छ । उनले खानपान र बसोबासको राम्रो व्यवस्था नहुँदा आफ्नो ५ महिनाको गर्भ खेर गएको दुखेसो सुनाइन् । उनले भनिन्, ‘समयमै घर पुग्न पाएको भए बच्चा बँच्ने थियो । भाग्यमा नभए पछि के गर्नु, भनेर दिनरात रोएर चित्त बुझाएँ । हामी सबैलाई एउटै कोठामा राखिएको थियो । न त बत्ति थियो न त अलग्गै सुत्ने ठाँउ । सबै एकै ठाँउमा कोचिएर सुत्नुपथ्र्यो । कोठामा झुल थिएन । लामखुट्टेले टोकेर हैरानै पाथ्र्यो । लामखुट्टेको टोकाइले रातभर जागाराम भएर बस्नुपर्ने अवस्था थियो भने अर्कोतिर घर कहिले पुगिन्छ होला भन्ने तनाव । अनि कसरी निन्द्रा लाग्थ्यो र ?’

अरु दुखहरु भल्न सकिने अवस्थामा भए पनि निर्दोष गर्भमा रहेको बच्चा खेर गएको सम्झँदा भक्कानिएर रुन मन लाग्ने गरेको उनले सुनाइन् । ‘श्रीमान्ले चिन्ता न ले भनेर सम्झाउथे । एकछिन त ठिकै हो नि त जस्तो लाग्थ्यो । फेरि सम्झियो कि रुन मन लागिहाल्थ्यो,’ उनले थपिन्, ‘खाना पनि राम्रो थिएन । ओढ्ने र ओछयाउनेको पनि राम्रो व्यवस्था थिएन । चिसो लागेर स्वास्थ्यमा समस्या आयो ।’ आफ्नो समस्याबारे प्रहरीलार्ई जानकारी गराए पनि जाँच गर्नका लागी बाहिर जान नदिएको दुखेसो पोखिन् ।

‘क्वारेन्टाईनमा बसेको ३०÷३५ दिन नपुग्दै ग र्भ खेर गयो । बाहिर बाट पानी ल्याउन खोज्दा उनीहरु बाहिर जान दिदैनथिए । पुरुषहरु त प्रहरीसंग पनि चर्काचर्की गर्थे । हामी त नारी मान्छे, न कसै संग बोल्न सक्ने न केही गर्न सक्ने, दिनभरि उनीहरुकै क्रियाकलाप हेरेर बस्नु पथ्र्यो,’ उनले सुनाइन् ।

सु त्केरी पी डा : बच्चाको नाम ‘कोभिड’

क्वारेन्टाइन बसाइकै क्रममा थलाराकै हर्कला दहाल सुत्केरी भइन् । सुत्केरी अवस्थामा पनि खानपानको राम्रो व्यवस्था नभएकाले आफूले साह्रै दुःख भोग्नुपरेकोे दुखेसो गरिन् । उनले भनिन्, ‘खानेकुरा किन्नका लागि आफुहरुसंग पैसा त थियो । तर श्रीमानले सुत्केरी अवस्था छ, केही थप खानेकुरा किनेर ल्याइदिनुस् भन्दा भारतीय प्रहरीले गाली गर्थे । सुत्केरीको पीडा एकातिर थियो । सुत्केरी अवस्थामा खाना नपाउनुको पीडा अर्कोतिर । त्यसैमा प्रहरीहरुको दुव्र्यवहारले झन पीडा थपिदिन्थ्यो ।’

उनीसँगै दुई बच्चाहरु पनि थिए । उनीहरु पनि कहिले के खाने कहिले के खाने भनेर कराउथे । खाजाको नाममा बिहान चिया–बिस्कुट र खानाको रुपमा दिनमा एकपटक भात दिने गरेको उनले सुनाइन् । ‘पिउने पानी थिएन, तिर्खा लागे बाथरुमको पानी पिउनु पथ्र्यो । खानाको रुपमा तेलको मात्रा बढी भएको पुरी र आलुको काँचो तरकारी दिथ्यो । पेटभर खाना नपाइने र सफा पिउने पानी नपाँउदा बच्चालाई दूध पनि पुग्थेन,’ उनले भावुक हुँदै सुनाइन्, ‘क्वारेन्टाइनमा छँदै बच्चाको नामाकरण पनि गरियो । क्वारेन्टाइनमै भएका सबैले यो कोरोनाको कहरमा जन्मेकाले बच्चाको नाम ‘कोभिड’ राख्नुपर्छ भने । दूध नपुगेको दिन बच्चा साह्रै रुन्थ्यो । कुन जुनीको पाप लागेछ मलाई !’

अ मानवीय अ पमान

क्वारेन्टाइन बसाइमा सबैभन्दा बढी पी डा महिला र बालबालिकालाई परेको थियो । श्रीमानले आफूलाई उद्धा रको लागि पहल भइरहेको छ अब एक दुई दिन मै नेपाल जान्छौँ भन्दा खुसी लाग्थ्यो । एक दिन दुई दिन भन्दा भन्दै दुई महिना क ष्टकर जिवन विताउनु परेको राईमती खातीले दुखेसो गरिन् ।

‘पेटभरी खाना पुग्थेन । क्वारेन्टाइनमा खाना राम्रो दिँदैनथिए । खाना नराम्रो भयो भन्दा तेरो देशको प्रधानमन्त्रीलाई भन, हामीले तिमीहरुको खानाको ठेक्का लिएका छैनौँ, खान मन भए खाऊ नभए मर भनेर अपशब्द बोल्थे,’ उनले सुनाइन्, ‘बाँचेर नेपाल पुग्नु पर्छ कहिल्यै भारत आउने छैन भन्ने लाग्थ्यो ।’

५५ दिनको रामपुरको क्वारेन्टाइन बसाइपछि स्थानीय तहको पहलमा उनीहरुलाई नेपाल प्रवेश गराउने ढाेका खुल्याे । नेपाल प्रवेश भएपछि कालकाेठरीबाटै छुटेको जस्तो महसुस भयो, उनीहरूकाे खुसीको सीमा नै रहेन । उनले भनिन्, ‘लकडाउन घोषणा गर्नुभन्दा दुई-तीन दिन अगाडि मात्रै सरकारले सूचना जारी गरेको भए पनि अहिले धेरै नेपालीहरू घरमै हुन्थे, यस्ताे अत्यास भाेग्नुपर्थेन ।’

सकिएकाे छैन कथा

यी त एक प्रतिनिधि पात्र/घटना मात्र हुन् । लाखौँको संख्यामा नेपालीहरू भारतमा काम गर्छन् । रोजगारीका लागि मात्र नभई अध्ययनका लागि पनि हजारको संख्यामा नेपाली विद्यार्थीहरू त्यहाँ छन् । बाटामा अलपत्र परेका नेपालीहरू घर पठाउन मिल्ने गरी वा नेपालीहरूलाई राहत उपलब्ध गराउने गरी सरकारले कुनै व्यवस्था गरेको छैन ।

भारत सरकारसित समन्वय गर्ने भनिएको भए पनि अलपत्र परेका नेपालीहरुको भारतस्थित सामाजिक तथा कल्याणकारी संगठनहरू तथा केही मनकारी महानुभावहरूको भरोसामा बाँच्नु परेको छ । भारत सरकारले दिने राहतका लागी रासनकार्ड, आधारकार्ड जस्ता कागजात आवश्यक हुने हुँदा नेपालीले सेवा पाउन सकेका छैनन् ।

नेपालीहरु भोकभोकै १० दिन हिँडेर घर फर्किरहेका बेला पनि सरकार नागरिक प्रति स म्वेदनशील नभएको महसुस भएको हुन थालेको छ । भारतमा लकडाउन बढ्दै गएका बेला बाटोमा अलपत्र परेका र जीवन धान्न मुस्किल परेका सबै नेपालीहरुलाई तत्काल उ द्धार गर्नु आवश्यक देखिन्छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.